एचआइभी प्रतिरक्षा प्रणालीमा कमी गराउने एक प्रकारको भाइरस हो । जसको संक्रमणबाट मानव शरीरमा प्रतिरोधात्मक क्षमतामा ह्रास आउने गर्छ । फलस्वरूप कुनै पनि रोग (सामान्य तथा जटिल) सजिलै लाग्ने गर्छ । जसलाई एड्स भएको भनिन्छ ।

यस्तो छ तथ्यांक

१, राष्ट्रिय एड्स तथा यौनरोग विभागले सन् २०१८ मा गरेको अध्ययनअनुसार नेपालमा २१ हजार तीन सय ८८ जना एचआइभी एड्स संक्रमित रहेको पाइएको छ ।
२, त्यस्तै सन् २०१८ मै पिपुल लिभिङ विथ एचआइभीको अध्ययनअनुसार २९ हजार नौ सय ४४ जना एचआइभी संक्रमित रहेको अनुमान छ ।
तर, कतिपय व्यक्ति यसबारे नखुल्ने भएकाले योभन्दा धेरैमा एड्स रोगी हुन सक्ने अनुमान गरिन्छ । हालसम्म एड्सकै कारण विश्वमा लगभग तीन करोड ५० लाख मानिसको मृत्यु भइसकेको छ ।

लक्षण

१, एचआइभी एड्स आफैँमा रोग होइन, तर यो समस्या हुँदा प्रतिरोधी क्षमता क्षीण हुँदै जान्छ । जसका कारण कुनै रोग लागेमा सजिलै निको हुँदैन । अधिकांश एचआइभी संक्रमित मानिसमा कुनै लक्षण नदेखिन सक्छ । अर्थात, एड्स भए÷नभएको जाँच्दा संक्रमणको कुनै संकेत देखिँदैन ।
२, संक्रमण भएको लामो समयपछि एड्सको लक्षण देखिन सक्छ । व्यक्तिको प्रतिरोधी क्षमताअनुसार लक्षण फरक हुने गर्छ । स्वास्थ्यमा विभिन्न समस्या देखापर्दै जान्छन् । तर, उपचार गर्दा निको हुन समय लाग्छ ।
३, बिस्तारै खान मन नलाग्ने, तौल घट्दै जाने, निद्रा नपर्ने, तथा डर लागेजस्तो हुनेजस्ता लक्षण देखिन्छन् ।
४, अन्य कुनै संक्रमणको उपचार गर्दा पनि बारम्बार लक्षण देखिइरहन्छन् । रोगको उपचार बिस्तारै सम्भव हुन छाड्छ ।
एचआइभी संक्रमित भइसकेपछि कुनै उपचार छैन । तर, औषधि सेवनबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ ।

कारण

१, एचआइभी एड्सको मुख्य कारण असुरक्षित यौन सम्पर्क हो । विशेषगरी, धेरैजनासँग असुरक्षित यौन सम्बन्ध राख्ने व्यक्तिमा एचआइभी संक्रमण हुने सम्भावना बढी हुन्छ ।
२, लागुपदार्थ प्रयोग गर्नेले जथाभावी सिरिन्ज प्रयोगमा ल्याउने गर्छन् । यसकारणसमेत एचआइभी सर्ने सम्भावना रहन्छ ।
३, कुनै पनि माध्यमबाट संक्रमित व्यक्तिको रगतको सम्पर्कमा आउँदासमेत एचआइभी हुने गर्छ ।

यसरी थाहाँ पाउने

१, सामान्य लक्षणका आधारमा एचआइभी संक्रमित भएको पत्ता लगाउन सकिँदैन । संक्रमित भएको थाहा पाउन रगत परीक्षण गर्नुपर्ने हुन्छ ।
२, सिडिफोर र भाइरल लोड रगत परीक्षण गरेर एचआइभी संक्रमण भए÷नभएको तथा कुन स्टेजमा रहेको पत्ता लगाउन सकिन्छ ।

रोकथाम र उपचार

१, असुरक्षित यौनसम्पर्क नराख्ने तथा एचआइभी संक्रमितको रगतको सम्पर्कबाट टाढा रहनुपर्छ ।
२, जथाभावी सुइको प्रयोग गर्नुहुँदैन । विशेषगरी, लागुपदार्थ प्रयोगकर्ता यस्ता गतिविधिबाट बच्नुपर्छ ।
३, संक्रमित आमाबाट बच्चा जन्माउनु परे चिकित्सकको पूर्ण निगरानीमा रहनुपर्छ । सम्बन्धित विशेषज्ञसँग परामर्श लिएर गर्भवती हुँदा र जन्माउँदा एचआइभी नेगेटिभ भएको बच्चा जन्मन सक्छ ।
४, एचआइभी संक्रमित भइसकेपछि यसको कुनै उपचार छैन । तर, औषधि सेवनबाट यसलाई नियन्त्रणमा राख्न सकिन्छ । जसअन्र्तगत एआरटी अर्थात् एन्टिरेट्रोेथेरापी पर्छ ।

डा. संकेत रिजाल, एचआइभी फोकल पर्सन भेरी अञ्चल अस्पताल्र काठमाडौं