X

दक्षिण कोरियामा किन चलिरहेको छ ‘नो ब्रा’ अभियान ?

  • भदौ २५, २०७६ / 2,462 पटक पढिएको
alt

वीवीसी : विश्वका सबै समाज पुरुषप्रधान समाज छन् । यसमा धेरै थोरैको कुरा मात्र हो । यसैले हरेक समाजमा छोरी मानिस बढ्दै गएपछि ऊ केटी हो र उसमा ‘सेक्सुअल अपिल’ छ भन्ने महसुस गराउँदै लगिन्छ । योसँगै तिनलाई आफू पुरुषको नजरबाट बच्नुपर्छ र त्यसको लागि आफ्नो शरीरलाई शालिन ढङ्गले ढाकेर राख्नुपर्छ भनेर समाजीकरण गरिन्छ । समय-समयमा महिलाले के लगाउने, के नलगाउने भन्ने कुरा पुरुषसोचबाट निर्धारण हुनुहुँदैन भन्दै विरोधको आवाज उठ्ने गर्छ ।

यही विरोध शृङ्खला अनुरुप दक्षिण कोरियामा महिलाहरुले ‘नो ब्रा मुभमेन्ट (ब्रा बहिष्कार अभियान)’ चलाइरहेका छन् । दक्षिण कोरियाका समाजिक सञ्जाल प्रयोगकर्तामाझ ‘ह्याशट्याग नो ब्रा’ ट्रेण्डिङमा छ । महिला ब्रा नपहिरिकन अन्य कपडाका साथ खिचिएका आफ्नो तस्विर समाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

कसरी सुरु भयो अभियान ?

दक्षिण कोरियामा ‘नो ब्रा ह्यासट्याग’ समाजिक सञ्जालमा ठूलो अभियानमा रुपान्तरण भयो । यसको सुरुवात दक्षिण कोरियाकी गायिका र अभिनेत्री सुलीले आफ्नो इन्स्टाग्राम एकाउन्टमा ब्रा बिनाको तस्विर सेयर गरेपछि भयो । लाखौँ फलोअर्स भएकी सुलीको इन्स्टाग्रामको उक्त तस्वीर भाइरल भयो । त्यसपछि सुली दक्षिण कोरियामा ‘ब्रा मुक्त’ अभियानको प्रतिक बनिन् ।

Image may contain: 1 person

‘ब्रा मुक्त’ अभियानको आलोचना

अभियान बढ्दै गएपछि कयैनले सुलीको आलोचना पनि गरे । यसमा महिला र पुरुष दुवै सामेल थिए । आलोचकले यसलाई सस्तो लोकप्रियता हासिल गर्ने र अरुको ध्यान तान्ने हतकण्डा बताए । केहीले त सुलीले आफ्नो लोकप्रियताको लागि महिला आन्दोलनको दुरुप्रयोग गरेको पनि आरोप लगाए ।
एक जना समाजिक सञ्जालका प्रयोगकर्ताले सुलीको पोस्टमा लेखेका छन्, ‘ब्रा लगाउने कि नलगाउने नीजि विषय हो । तर सुली सधैँ कसिलो सर्टमा ब्रा नलगाई फोटो खिचाउँछिन् । त्यसले गर्दा तिनको स्तन उठेको देखिन्छ । उनलाई त्यस्तो गर्नुपर्ने जरुरी छैन ।’ यस्तै एक अन्य पोस्टमा लेखिएको छ, ‘ब्रा लगाएको वा नलगाएकोमा हामी तिमीलाई गलत मान्दैनौँ । खाली तिमीले आफ्नो निप्पल ढाक्नुपर्छ ।’

अर्का एक जनाले धार्मिक विषय जोडेर सुलीबारे लेखेका छन्, ‘तिमीलाई लज्जा हुनुपर्ने हो । के तिमी यस्तो अवस्थामा धार्मिकस्थल जान सक्छौँ ? पुरुषमात्र होइन, महिलालाई पनि असहज महसुस हुन्छ ।’ हालै एक अर्की चर्चित गायिका ह्वासाले आफ्नो ब्राबिनाको फोटो शेयर गरेपछि यो अभियान थप चर्किएको छ ।

000

छनौटको स्वतन्त्रता

हालै हङकङबाट फर्किने क्रममा सुलीले भित्र ब्रा नलाई सेतो टी–शर्ट लगाएकी थिइन् । उनको यो तस्वीर भाइरल भयो । यसको पक्ष र विपक्षमा महिला बाँडिएका छन् ।

तर तस्विर बाहिरिएपछि दक्षिण कोरियाका आम महिलामा अभियाननै छेडियो । सन् २०१८ मा दक्षिण कोरियामा ‘एस्केप द कोर्सेट’ अभियान देखिएको थियो । त्यसमा महिलाले आफ्नो कपाल मुण्डन गरेर मेक–अप नलगाएका तस्वीर समाजिक सञ्जालमा शेयर गरेका थिए । यो एक हिसाबमा महिलाको विद्रोह थियो । ‘एस्केप द कोर्सेट’ महिलामाथि थोपरिएको सुन्दरतासम्बन्धि कठोर समाजिक अपेक्षाविरुद्धको विद्रोह थियो ।

दक्षिण कोरियाका धेरै महिलाले ‘ब्रा बहिष्कार’ अभियान र ‘एस्केप द कोर्सेट’ अभियानमा गहिरो सम्बन्ध देखेका छन् । समाजिक सञ्जालमा यी अभियान जुन तिव्रताका साथ फैलियो त्यसले त्यहाँको समाजका महिलामा आफूप्रतिको असमान व्यवहारप्रति ठूलो असन्तुष्टिको संकेत गर्छ ।

दक्षिण कोरियाका अन्य नारीवादी अभियानहरु

महिलालाई घुरेर हेर्नु तिनको स्वतन्त्रता विरुद्ध हुन्छ । तर दुभााग्यवस धेरैजसो देशमा पुरुषहरु सार्वजनिक स्थानमा अपरिचित महिलालाई यसो गर्छन् । दक्षिण कोरियामा महिलाहरु आजकल यस विरुद्ध पनि आवाज उठिरहेको छ । दक्षिण कोरियामा सार्वजनिक स्थलमा पुरुषले घुरेर हेर्ने कार्यलाई ‘गेज रेप’ भनेर छुट्टै नामनै दिइएको छ ।

त्यसबाहेक पनि त्यहाँ पुरुषको प्रभूत्व, यौनहिंसा र लुकेर महिलाको व्यक्तिगत क्षणको भिडियो बनाउने कुरा विरुद्ध अभियान सूरु भएका छन् । दक्षिण कोरियामा धेरै होटेलका कोठा, बाथरुम र ट्वाइलेटमा क्यामरा लुकाएर महिलाको व्यक्तिगत क्षण कैद गर्ने कुप्रथा व्यापक स्तरमा छ । सन् २०१८ मा यसको विरोधमा दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठूलो महिला अभियान चलेको थियो । त्यस क्रममा दशौँ हजार महिला सडकमा उत्रेर गुप्त क्यामेरालाई प्रतिबन्ध लगाउन विरोधमा उत्रिए । धेरै महिलाले ब्रा नलगाउने आन्दोलनप्रति आफ्नो समर्थन भए पनि सार्वजनिक स्थलमा पुरुषले घुरेर हेर्ने बानीका कारण आफूले त्यसलाई कार्यान्वयन गर्न नसक्ने बताएका छन् ।

देशव्यापी अभियान

सन् २०१४ मा बनेको वृत्तचित्र ‘नो ब्राब्लम’ को निर्माण समूहकी सदस्य ज्योङ स्योङयुनले वृत्तचित्रमा ब्रा नलाइकन बस्ने महिलाहरुको अनुभव समेटेकी थिइन् । अहिले कोरियाली समाजमा वृहद स्तरमा यसको चर्चा भएकोमा उनी खुसी छिन् । ‘दक्षिण कोरियामा धेरै महिला ब्रा लगाउनुलाई निर्विकल्प ठान्छन् । तिनलाई त्योबाहेक अन्य विकल्प पनि छ भन्ने थाहै छैन,’ ज्योङले भनिन् । यो अभियान राजधानी सियोलमा मात्र नभएर देशैव्यापी देखिन्छ । जियोलानम–डू प्रान्तको २८ वर्षिया डा–केयुङको गायिका सुलीको ब्रा बिनाको तस्विरबाट धेरै प्रभावित भएको बताइन् । अहिले उनी कार्यालय आफ्नो समयमा मात्र ब्रा लगाउछिन् । उनी अहिले ब्वाइफ्रेण्डसँग बस्दा ब्रा नलगाउने बताइन् । उनी भन्छिन्, ‘मेरो ब्वाइफ्रेण्डले पनि मलाई ब्रा मन पर्दैन भने नलगाउन भनेको छ । ’ यी सबैले दिने सन्देश हो, ब्रा लगाउने वा नलगाउने निर्णय निजी फैसला हो ।

free

ब्रा नलगाउँदा स्वास्थलाई असर पर्छ ?

अस्ट्रेलियाको वोलोनयोङ् विश्वविद्यालयका चिकित्सक डेड्रे म्याक्घीका अनुसार ब्रा लगाउने वा नलगाउने भन्ने छनौट महिलामा निर्भर गर्छ । उनका अनुसार स्तन भारी भएको अवस्थामा ब्राको आवश्यकता हुन सक्छ । त्यस अवस्थामा गर्दन र ढाडमा असर पर्न सक्छ । डा. डेड्रे म्याक्घीको भनाइमा उमेर बढ्दै जादाँ शरीरको ढाँचामा पनि असर पर्छ । छाला पनि झोलिन्छ यसले गर्दा स्तनले प्राकृतिक रुपमा पाउने साहरा पनि कमजोर पर्छ ।

डा. म्याक्घी भन्छन्, ‘महिलाले ब्रा नलगाई एक्सरसाइस गर्दा तिनको स्तनको पिडा बढ्छ । त्यसैले स्पोर्टस् ब्रा स्तनको साथ साथै गर्दन र कमरको पिडा कम गर्न सहयोगी हुन्छ ।’ डा. म्याक्घीका अनुसार स्तन महिलाको यौनिक पहिचान हो । अनुसन्धानहरुमा के देखिएको छ भने जुन महिलाको स्तन कुनै कारणले (जस्तो स्तन क्यान्सर) हटाइन्छ ती पनि आफ्नो छातीको त्यो भागलाई विशेष ख्याल गर्छिन् । त्यस्तै जो महिला आफ्नो स्तन कस्तो देखेको होला भन्ने कुरामा धेरै सचेत रहन्छिन् तिनलाई पनि ब्राले आत्मविश्वास दिने गर्छ ।

0000

ब्रा परित्यागको इतिहास

द कोरियामा देखिएको ब्रा परित्याग आन्दोलन पहिलो भने होइन । सन् १९६८ मा सम्पन्न मिस अमेरिका सौन्दर्य प्रतियोगिताको विरोधमा नारीवादीहरुले ब्रा जलाएर विरोध व्यक्त गरेका थिए । प्रदर्शनको दौरान प्रदर्शनमा सहभागीहरुले महिला शोषणका कयैन प्रतिक डस्ट–बीनमा फालेका थिए । त्यसमध्ये एउटा ब्रा पनि थियो । त्यस प्रदर्शन पछि ब्रा जलाउनु नारी स्वतन्त्रतासँग जोडिएको अभियानको एउटा हिस्सानै बन्यो ।

यही वर्ष जून महिनामा स्वीट्जरल्याण्डमा हजारौं महिलाले उपयुक्त पारिश्रमिक, बराबरी र यौन शोषाण्को अन्त्य गर्न माग राख्दै सडक जाम गरे । त्यस क्रममा पनि तिनले ब्रा जलाएका थिए । स्तन क्यान्सरको जागरुकता फैलाउनको लागि अक्टूबर १३ मा संसारभरी ‘नो ब्रा डे’ मनाइन्छ । अघिल्लो वर्ष फिलिपिन्सका महिलाले यो दिनलाई लैङ्गिक समानताको अधिकार माग्ने दिनको रुपमा मनाए ।

पछिल्लो वर्षमा विकसित सहरका महिलावादीहरुले ब्रा विरोधी अभियानलाई दुई कदम अघि बढाएका छन् । ती समाजमा महिला र पुरुषको निपललाई लिएर समाजमा दोहोरो मापदण्ड रहुन सही नभएको मान्छन् । सन् २०१४ डिसेम्बरमा नेटफ्लिक्समा ‘फ्रि द निपल’ नामको एउटा वृत्तचित्र आएको थियो । यसमा न्युयोर्क शहरमा महिलाको स्तनमा सेन्ससिप लगाउने कदमविरुद्ध अभियान चलाउने महिलाको एउटा समूहको कथा समेटिएको छ । त्यहीँबाट ‘फ्रि द निपल’ अभियान अन्तराष्ट्रिय अभियान बन्यो । विभिन्न समयमा चल्ने नारीवादी अभियानहरुले अझै विश्वमा महिलाहरुमाथि कति धेरै अवरोध बाँकी नै छन् भन्ने कुरा अवगत गराउँछ । दक्षिण कोरियामा चलेको ‘नो ब्रा’ अभियान पनि महिलाले पालना गर्नुपर्ने अतिरिक्त समाजिक बोझविरुद्धको प्रतिरोध हो । दक्षिण कोरियाका धेरै महिलाको लागि ‘नो ब्रा’ अभियान स्वतन्त्रता र निजत्वको मामिला बनेको छ ।

यो आन्दोलनले जुन हिसाबमा समर्थन प्राप्त गरिरहेको त्यसबाट पनि थाहा हुन्छ कि दक्षिण कोरियाको अधिकाशं महिलाले ‘नो ब्रा’ ह्याशट्यागलाई महत्त्वका साथ हेरेका छन् ।

 

 

सम्बन्धित समाचार
अमेरिकामा राष्ट्रपति ट्रम्प र उनका सहयोगी एलन मस्क विरुद्ध विरोध प्रदर्शन
अमेरिकामा राष्ट्रपति ट्रम्प र उनका सहयोगी एलन मस्क विरुद्ध विरोध प्रदर्शन

धरान : अमेरिकी राष्ट्रपति पदमा निर्वाचित भएपछि पद बहाल गरे लगत्तै डोनाल्ड ट ...

भिभोको एक्स२०० प्रो नेपालमा सार्वजनिक, प्री-बुकिङ गर्दा दश हजार क्यासब्याक पाइने
भिभोको एक्स२०० प्रो नेपालमा सार्वजनिक, प्री-बुकिङ गर्दा दश हजार क्यासब्याक पाइने

धरान : विश्व प्रख्यात मोबाइल प्रविधि ब्रान्ड भिभोले नयाँ फ्ल्यागशिप स्मार्ट ...

आज बिहान आएको भूकम्पमा अहिले सम्म तिब्बतमा ३२ जनाको मृत्यु ३८ घाइते
आज बिहान आएको भूकम्पमा अहिले सम्म तिब्बतमा ३२ जनाको मृत्यु ३८ घाइते

धरान : आज मङ्गलवार बिहान चीनको तिब्बत केन्द्रबिन्दु भएर गएको ६ दशमलव ८ मेग् ...

अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा निधन
अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको सय वर्षको उमेरमा निधन

धरान : अमेरिकाका पूर्व राष्ट्रपति जिम्मी कार्टरको १ सय वर्षको उमेरमा आ ...

भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन
भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको निधन

धरान : भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहको बिहीबार नयाँ दिल्लीमा निधन ...

मोजाम्बिकमा हिंसात्मक प्रदर्शनको आडमा जेल तोडेर १५ सय कैदी फरार
मोजाम्बिकमा हिंसात्मक प्रदर्शनको आडमा जेल तोडेर १५ सय कैदी फरार

धरान : अफ्रिकी मुलुक मोजाम्बिकमा ३ महिना अघि भएको चुनावी नतिजाको विरोधमा चल ...

राजनीतिथप+
विराटनगर एमालेमा पनि ढकालकै लाइन विजयी, संस्थापन पक्षको लज्जास्पद हार
वैशाख ५, २०८२

इटहरी : नेकपा एमाले विराटनगर महानगर कमिटीमा नयाँ नेतृत्व निर्वाचित भएको छ । विनोद ढकाल लाइनको प्यानल विजयी हुँदा संस्थापन पक्षले हार बेहोरेको हो ।ढकालका उम्मेदवार बलराम गिरी अध्यक्षमा विजयी हुँदा अन्य ...

समाजथप+

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८५२०७५७३०, ९८०२०७५७३०

Email: kapurinews@gmail.com

न्यूजईस्ट मिडियाका लागि

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • प्रधान सम्पादक हर्ष सुब्बा
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • रश्मी प्रधान (धरान)
  • संगम विष्ट (बराहक्षेत्र)