१. कलेजो प्रत्यारोपण भनेको के हो ?
नेपालमा दिन प्रतिदिन कलेजोको समस्या बढी रहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणहरु मध्ये ९औं स्थानमा लिभरको समस्या बढेको छ । चिकित्सा विज्ञानमा भएको नविनतम उपचार प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ । मोटोपन, मधुमेह, अनुचित आहार र अस्वस्थकर जीवन शैलिका कारण कलेजोमा बोसो जम्मा हुन्छ र सोही वोसोको कारणबाट कलेजो विग्रने गरेको पाइन्छ । कलेजो सम्बन्धी रोग कुनै पनि उमेर समुहका व्यक्तिलाई हुन सक्दछ । कलेजो प्रत्यारोपण गर्दा आमाशयको माथिल्लो भागमा चिरेर विग्रेको कलेजो हटाइन्छ र त्यही ठाउँमा नयाँ कलेजो प्रत्यारोपण गरिन्छ । साथै यसलाई रक्तनली र वाइल डक्टसँग जोडिन्छ । एउटा स्वस्थ प्रत्यारोपण पछी फेरी सामान्य अवस्थामा आउँछ । कलेजो प्रत्यारोपण गर्न झण्डै १२-१४ घण्टाको समय लाग्दछ ।
२. कलेजो प्रत्यारोपण कस्तो अवस्थामा गर्ने ?
कलेजो प्रत्यारोपण मुख्यतया निम्न कारणमा गरिन्छ :
- अल्कोलिक सिरोसिस (जाँड रक्सीको कारणले विग्रेको कलेजो)
- हेपाटाईटिस बी/सी संक्रमणले कलेजो कडापन
- जन्मजात कलेजो र वाइल डक्ट विकृती
- एक्युट लिभर कोलियर
३. कस्तो व्यक्तिले लिभर दान गर्न सक्दछ ?
सामान्यतया विरामीलाई कलेजो प्रत्यारोपण गर्नुभन्दा पहिले हामीले डोनरको केही वोसिक जाँचहरु गर्दछौ र उक्त जाँचमा सवै रिपोर्टहरु ठिक भएमा कलेजो दान गर्न सक्दछन् । मुख्यतया कलेजो दान दिनको लागि निम्न कुराहरु हुनु आवश्यक छ :
- जीवनसाथी/नातागोता
- पूर्ण स्वस्थ व्यक्ति
- १८ वर्ष भन्दा माथि र ५५ बर्ष भन्दा कम उमेरको
- शरीरको बडी मास इन्डेक्स (बिएमआई) सामान्य भएको
- माटो नभएको व्यक्ति
४. कलेजो दाता हुनका लागि स्वास्थ्य अवस्था कस्तो हुन आवश्यक छ त ?
कलेजो दाता हुनका लागि निम्न कुराको आवश्यकता हुन्छ ।
- हेपाटाईटिस बी, हेपाटाईटिस सी र एचआईभी संक्रमण नभएको
- अत्याधिक जाँडरक्सी सेवन नगर्ने
- लागु पदार्थ सेवन नगर्ने
- मानसिक स्वास्थ्य नविग्रिएको
- पुख्र्यौली क्यान्सर नभएको
५. कलेजो के कारणले गर्दा कडा हुने गर्दछ ?
सामान्यतया कलेजो निम्न कारणलहरुले गर्दा कडा हुने गर्दछ :
- कलेजोमा इन्फेक्सन
- अत्याधिक जाँडरक्सी सेवन
- हेपाटाईटिस बी/सी ले गर्दा
- कलेजोमा अत्याधिक वोसो जम्नु
६. मानव शरिरमा कलेजोको कामहरु के-के हुन् त ?
- रगतलाई जम्न मद्दत गर्ने प्रोटिनको विकास गर्दछ ।
- भिटामिन, वोसो र चिनीलाई संरक्षित राख्दछ ।
- शरिरको प्रतिरक्षा प्रणालीलाई आफ्नो नियन्त्रणमा राख्दछ ।
- शरिरमा बोसो, कोलेस्ट्रोल र वोसोमा घुलमिल गर्नको लागि सघाउने पित्तको विकास गर्दछ ।
- शरिरलाई संक्रमण हुनबाट बचाउनु
७. कलेजो फेल हुँदा कस्ता लक्षणहरु देखा पर्दछन् ?
कुनै पनि स्वस्थ व्यक्ति असामान्य रुपमा आफुलाई अन्य समयमा भन्दा बढी थकित महसुस गर्दछ भने कलेजो फेलको लक्षण हो । सामान्य अवस्थामा जन्डिस देखा पर्ने आदी कारण छन् । कलेजो फेल हुन लाग्दा सामान्यतया खानामा रुची नहुनु, कमजोरी महसुस हुनु, वाकवाकी लाग्नु, तौल घट्नु, मांसपेशीहरुमा नोक्सानी हुनु, प्रायजसो शरिर चिलाउनु तथा शरिरको कुनै पनि भागबाट सजिलैसँग रगत बग्ने जस्ता मुख्य कारणहरु चाही कलेजो फेल हुने बेलामा देखा पर्दछन् ।
८. क्याडेवर प्रत्यारोपण केलाई भनिन्छ ?
युयई/युसमा क्याडेवर प्रत्यारोपण प्रचलित छ । दुर्भाग्यवस नेपाल र भारतमा मृत डोनरको कलेजो उपलब्ध न्युन रहेको छ । आफ्नो संचार समुहको आधारमा आफ्नो नयाँ कलेजो प्राप्त हुन १२-१६ महिना सम्म लाग्न सक्दछ । यो समयको दौरानमा ब्याक्टेरियाको समस्याले संक्रमण हुने र वारम्वार समस्या आउन सक्छ । जसमा कुपोषण, रक्तअल्पता, आमाशयबाट रक्तश्राव, पोलियो मस्तिष्क र किड्नीमा संक्रमण हुन सक्दछ ।
९. कस्तो अवस्थामा कलेजोमा क्यान्सर देखा पर्दछ ?
कलेजो क्यान्सरका लक्षणहरुः
- बिना व्यायम तौल घट्नु
- तौल घटेपछि वाकवाकी लाग्नु÷उल्टी हुनु
- कलेजो ठूलो हुनु
- पेटमा दुखाई महसुस हुनु
- पेटमा अत्याधिक बानी जम्नु
- छाला र आँखा पहेंलो हुनु
- Spleen बढी दायाँ छेउको करङ्गमा ठूलो महसुस हुनु
१०. नेपालमा लिभर प्रत्यारोपणको सम्भावनाहरु के छ ?
नेपालमा लिभर प्रत्यारोपणको लागि अहिले सेन्टर नै खोलिसकिएको छ । नेपालमा लिभर प्रत्यारोपण गर्न जनशक्तिको संख्या न्युन छ र अन्य जनशक्तिहरुलाई पनि कलेजो प्रत्यारोपण सम्बन्धी तालिम दिन सकिएको खण्डमा नेपालका विरामीहरु आफ्नै देशमा उपचार गराउन सक्दथे । कलेजो प्रत्यारोपण बढी खर्चिलो भएकोले उपचारमा विदेशिने पैशा आफ्नै देशमा खर्च हुन्थ्यो र देशलाई पनि फाइदा हुन्थ्यो । नेपालले चाही कलेजो प्रत्यारोपणमा लाग्ने जनशक्तिलाई समय-समयमा विभिन्न ठाउँमा प्रशिक्षणमा पठाउनु अत्यन्त आवश्यक छ । यसबाट यो क्षेत्रका जनशक्तिको कमी हुँदैन । अहिले जति पनि जनशक्ति यो क्षेत्रमा कार्यरत छन् । त्यो भन्दा बढी जनशक्ति उत्पादन गरि नेपालमा अहिले तत्कालै १-२ ठाउँमा कलेजो प्रत्यारोपण सेन्टर खोली सफलता हासिल पार्नु आवश्यक छ । त्यसको लागि सरकारले आवश्यक बजेट विनियोजन गरि योजना बनाउन आवश्यक छ ।