धरान : धरान-१५ शिवगंगा बस्तीमा सञ्चालित सिलाम साक्मा बाल विकास केन्द्रलाई खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरिएको छ ।
धरान १५ का वडा अध्यक्ष नरेश इवारामले शुक्रवार करिब १ लाख रुपैयाँ बराबरको सामग्री बाल विकास संरक्षण समितिका अध्यक्ष रत्न लिम्बूलाई हस्तान्तरण गरेका हुन ।
बालबालिकाको आवश्यकतालाई ध्यानमा राख्दै खेलकुद सामग्री तथा विभिन्न शैक्षिक सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
केन्द्रको भवनमा सिलिङ निर्माणका लागि रोटरी क्लब अफ घोपाले प्राविधिक तथा आर्थिक सहयोग गरेको छ ।
हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष इवारामले प्रारम्भिक बाल विकासमा यस्ता सामग्रीको महत्त्वपूर्ण भूमिका हुने बताए ।
रोटरी क्लबले सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको भौतिक सुधार सिलिङ निर्माण र शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानप्रति स्थानीयले प्रशंसा गरेका छन् ।