धरान : धरानमा शिक्षा क्षेत्रमा सहयोग र सुधारका कार्य गर्दै आएको वाक फर एजुकेसनले धरान-५ स्थित श्री निशानदेवी आधारभूत विद्यालयमा तीन कोठे शौचालय निर्माण गरी चैत्र २ गते हस्तान्तरण गरेको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राईको अध्यक्षता तथा धरान उपमहानगरपालिका–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले विद्यालयमा अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको पुरानो शौचालयका कारण विद्यार्थीहरूलाई समस्या भइरहेको उल्लेख गर्दै, यस्तो अवस्थामा नयाँ शौचालय निर्माण गरी सहयोग गरेकोमा वाक फर एजुकेशनप्रति आभार व्यक्त गरेका थिए। साथै, आधारभूत तहका विद्यालयहरूमा आवश्यक पूर्वाधार निर्माणका लागि सरकारी बजेट प्राप्त गर्न कठिन हुने अवस्थाबारे पनि चर्चा गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार राई, प्रमुख अतिथि मनप्रसाद लिम्बू तथा विद्यालयका प्रधानाध्यापक लोकराज निरौलाले वाक फर एजुकेशनका पदाधिकारी तथा सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।
कार्यक्रममा वाक फर एजुकेशनका अध्यक्ष सुरेशमान स्थापित तथा सदस्य प्रकाश श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा दीपक कृष्ण पलिखे, अलङ्कार पलिखे, राजकुमार कर्माचार्य, मनोज श्रेष्ठ, समीर ताम्राकार, विमल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
वाक फर एजुकेशनद्वारा शौचालय हस्तान्तरण
- चैत ९, २०८२ / 463 पटक पढिएको









































































