वराहक्षेत्र : कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री इसाइल मन्सुरी कृषकहरूको समस्या बुझ्न कृषकहरूको फर्ममा पुग्न थालेमा छन् । फर्ममा पुगेर वास्तविक कृषकहरूको समस्या बुझ्ने, अनुदानको अवलोकन गर्न प्रदेश सरकारको योजनासँगै कृषकहरूलाई सहयोग र व्यावसायिक बनाउने उद्देश्यले व्यावसायिक कृषक र कृषि उद्यमीहरूसँग भेट्ने र छलफल गर्ने कार्यमा मन्त्री  इसाइल मन्सुरी लागि परेका हुन् । 
फर्म तथा कृषि उद्यममा नै पुगेर कृषक र उद्यमीहरूको समस्यासँगै उनीहरूको योजना र प्रदेश सरकारको कार्यक्रमको विषयमा स्थानीय सरकारका प्रमुख सहित अध्ययन,अवलोकन र छलफललाई प्राथमिकता दिएर कृषकहरूको फर्ममा पुग्ने गरेको मन्त्री इसाइल मन्सुरीले बताए ।
आईतवार वराहक्षेत्र नगरपालिका आई पुगेका इसाइलले प्राङ्गारिक मल उत्पादन गरी रहेको उद्योग , केही व्यावसायिक तरकारी खेती गरी रहेका कृषकसँग छलफल,फर्मको अवलोकन र स्थानीय सरकारका पदाधिकारी र अधिकारीहरुसंग छलफल गरेका थिए ।
प्रदेश सरकारले दिने अनुदान सामाग्री,ब्याज अनुदान,उपकरण,नीति संशोधन,बजारीकरण,चिस्यान केन्द्र,बिधुत,बिमा,सिचाई लगायतका विषयमा छलफल र निरीक्षण गरिएको थियो । 
कृषकहरूको समस्या बुझ्न कृषकहरूको फर्ममा पुग्ने मन्त्री इसाइल मन्सुरीको योजनाले व्यावसायिक कृषि व्यवसाय कृषक र कृषि उद्यमीहरूको समस्याको समाधान गर्न,अनुदान वितरण गर्न,योजना बनाउन,कृषकहरूलाई उत्प्रेरणा जगाउन,स्थानीय सरकारलाई योजना बनाउन सहयोग मिल्ने वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए । 
सरकारले दिने अनुदानमा वास्तविक कृषकहरूको छनोट गर्ने,कृषकहरूलाई सहयोग गर्ने,कृषक र सरकारको सम्बन्ध नजिक बनाउन र कृषि पेसालाई सम्मानित बनाउन लागि परेको कृषि मन्त्री इसाइल मन्सुरीले बताए ।