धरान : धरानमा वरिष्ठ सारंगीवादक सुरेश गन्धर्व सहित परम्परागत पेशाकर्मी ७ जनालाई नगद सहित सम्मानित गर्दै ६१ औँ अन्तर्राष्ट्रिय रङ्गभेद तथा जातीय विभेद उन्मूलन दिवस मनाइएको छ ।
धरान उपमहानगरपालिकाद्वारा आईतबार आयोजित कार्यक्रममा उनीहरूलाई नगद सहित सम्मान प्रदान गरिएको हो । 
सम्मानित हुनेहरूमा खुकुरी बनाउने पेशा गर्दै आएका केवल बिक, बाँसको चोयाबाट ढाकी बनाउने पेशा गर्दै आएका चैता मल्लिक, जुत्ता बनाउने पेशा गर्दै आएका धनबहादुर नेपाली छन् ।
यस्तै नौमती बाजा बजाउने पेशा गर्दै आएका वीरबहादुर दर्जी, सिलाइ–बुनाइ पेशामा संलग्न पर्शुराम भित्रिकोटी तथा खुकुरीको दाप बनाउने नरेन्द्रबहादुर सार्कीलाई सम्मानित गरिएको छ । 
कार्यवाहक प्रमुख अईन्द्र विक्रम बेघाले सम्मानितहरूलाई नगद ५ हजार रुपैयाँ, यातायात खर्च सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
saman