विराटनगर : नोबेल मेडिकल कलेज टिचिङ अस्पतालमा एक ५ वर्षीय बालकमा देखिएको जन्मँदा देखीकै मुटु रोग पीडीएको बिना शल्यक्रिया उपचार गरिएको छ ।

झापाको कमल गाउँपालिका-५ का वर्षीय आहान माझीको जन्मँदा देखीकै मुटुको समस्याको विना शल्यक्रिया उपचार भएको हो । बालकको जाँच गर्दा मुटुमा समस्या देखिए पछि झापाको एक अस्पतालबाट नोबेल पठाइएको उनको मुटुको महाधमनी र फोक्सो तिर जाने नशा जोडिएको पाइएको थियो ।

बालकमा देखिएको पीडीए ‘पेटेन्ट डूक्टुस अटिृरिअस’को पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादव नेतृत्वको चिकित्सा टोलीले नशाबाट छाता जस्तो सामाग्री पठाएर उक्त नशा टालेर बिना शल्यक्रिया बालकको उपचार गरिएको अस्पतालले जनाएको छ ।

डा. प्रतिमाका अनुसार पीडीए शिशुहरूमा पाइने एक जन्म जात मुटुको समस्या हो । गर्भमा हुँदा शिशुको मुटुमा रहेको महाधमनी र फोक्सो तिर गएको रगतको नशा बिच एउटा रगतको नशा जोडिएको हुन्छ । यो नशा शिशु आमाको पेटमा रहँदा नभई नहुने नशा हो तर शिशुको जन्म भएको ७२ देखि ९० घण्टा भित्र त्यो नशा आफै बन्द हुने गर्दछ ।

त्यो समय सम्म पनि बन्द नभएको अवस्थामा १ देखी ३ महिना सम्म लाग्न सक्छ । त्यो समय सम्म पनि नशा बन्द नभएमा त्यसले शिशुमा रुघा मार्गी लागि रहने, निमोनिया हुने, स्तन पान गर्न नसक्ने, स्वास प्रस्वासमा समस्या आउने, खाना खाँदा निधारमा पसिना आउने, खेलकुद गर्दा अन्य स्वास्थ्य बालबच्चा भन्दा बढी थाक्ने वा खेलकुद गर्न नसक्ने, उमेर अनुसारको तौल नबढ्ने लक्षणहरू देखा पर्दछ । यो समस्याको उपचार नगरिएमा फोक्सोमा रक्त प्रवाहमा दबाब बढ्दै जाने हुन्छ । मुटुको कार्य प्रणालीमा नै असर पर्न जान्छ ।

पीडीएको उपचार दुई प्रकारको हुने उनले बताइन् । एउटा शल्यक्रिया र अर्को विना शल्यक्रिया गरिने डिभाइस क्लोजर । शल्यक्रिया गर्दा जोखिम र समय बढी हुन सक्छ । नशाबाट छाता जस्तो सामाग्री पठाई नशा टाल्ने प्रविधि पीडीए डिभाइस क्लोजर भरपर्दो र कम खर्चिलो हुन्छ ।

डा. प्रतिमाले भनिन्, ‘बिरामीलाई ६ देखि ८ घण्टा भोको राखेर दाहिने वा देब्रे तिघ्राको नशाबाट क्याथेटरको सहायताले छाता जस्तो सामाग्री पठाएर नशा टाल्ने गरिन्छ ।’ यसरी टालिए पछि मुटुको चार वटा कोठाहरू आफ्नो सामान्य आकारमा आउने मुटुको कार्य सामान्य गतिमा चल्न थाल्छ ।

उनका अनुसार यो प्रविधिबाट मुटुको धमनीको नशा टालेको भोली पल्ट बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ । यो प्रविधि अहिले सम्म काठमाण्डौमा मात्र थियो । उपत्यका बाहिर नोवेल मेडिकल कलेजको पेडियाट्रिक कार्डियोलोजि विभागले सुरु गरेको हो ।

नोवेल मेडिकल कलेजमा यो सेवा सुरु गरिएपछि पूर्वी नेपालका बिरामीहरूलाई ठुलो राहत मिलेको अस्पतालले जनाएको छ । नोवेलको पेडियाट्रिक विभागमा १० जना चिकित्सक छन् । विभागको नेतृत्व पेडियाट्रिक कार्डियोलोजिष्ट डा. प्रतिमा यादवले गरेकी छन् ।

PDA 2