वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ प्राचीन हरिद्वार चतराधाममा मंगलबारबाट बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला सुरु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पूर्ण महाकुम्भ मेलाको उद्घाटन गरेका थिए । कुम्भ मेला सुरु भएसँगै अहिले चतरामा चहलपहल बढेको छ । नेपाल बाहेक भारत र तेस्रो मुलुक भुटान, बर्मा लगाएर अमेरिका, अष्टेलीयाबाट समेत कुम्भ मेलाका लागि भक्तजनहरू आउने क्रम जारी छ ।
मेलाको तयारीका लागि स्थानीय सरकार वराहक्षेत्र नगरपालिकाले सक्रिय भएर काम गर्न सुरु गरेको थियो । एक वर्ष अगाडि नै प्रचारात्मक क्रियाकलाप , सरसफाइ र प्रचारप्रसारमा स्थानीय सरकारका प्रमुख रमेश कार्की सक्रिय भएर लागे । बाह्र वर्षे पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष जिम्मेवारी लिएका नगर प्रमुख रमेश कार्कीको काम, सक्रिय र नेतृत्वको नेपाल राष्ट्रका प्रथम जगद्गुरु तथा कुम्भ मेलाका सर्जक एव बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल समारोह समितिका अध्यक्ष वालसन्त मोहनशरणले उद्घाटन समारोहमा प्रशंसा समेत गरे ।
मेलालाई व्यवस्थित गर्न सबै पक्षसँग समन्वय, सहकार्य र सक्रिय भएर नगर प्रमुख रमेश कार्की लागि परेका छन् । जसले गर्दा उद्घाटन सत्र कार्यक्रम सभ्य, भव्य सम्पन्न भएको छ । कुम्भ मेला आयोजनाका लागि सङ्घीय र प्रदेश सरकार सहयोग र समन्वयले भक्तजनहरूलाई समेत सहज भएको छ । सुरक्षा, स्वास्थ्य, भण्डारा, कुण्डी, स्थायी पाडाल, खानेपानी लगायतको व्यवस्थापन चुस्त छ ।
मेलाको राष्ट्रपति रामचन्द्र पौड्यालले उद्घाटन गरेपछि अझ आयोजक समिति, स्थानीय सरकार, स्थानीय बासी मेलालाई पूर्ण रूपमा सफल बनाउन उत्साहित बनाएको छ । राष्ट्रपतिबाट मेलाको उद्घाटन गराउन सफल भएपछि बाह्र वर्षे पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सह-अध्यक्ष जिम्मेवारी लिएका नगर प्रमुख रमेश कार्की सक्रिय र काम अर्थपूर्ण बनेको छ ।
मेलालाई भव्य र सव्य बनाउन बनाउन भक्तजनहरूको शान्ति सुरक्षाको व्यवस्था, खानपान, आवास, यातायात लगायतका कुरामा अप्ठ्यारो नपार्ने अवस्था बनाउन स्थानीय सरकारका प्रमुख रमेश कार्की आफै लागि परेको बाह्र वर्षे पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका महा-सचिव ओमकुमार शर्मा बताउँछन् । २०५९ सालको पहिलो कुम्भ मेला देखिनै मूल समितिको महा-सचिव रहेका उनी नगर प्रमुखको सक्रियता देखेर सन्तुष्ट छन् ।
नगर प्रमुख कार्की १ वर्ष अगाडि नै कुम्भ मेलाको प्रचारप्रसार र छलफलमा अग्रसर बनेका थिए । प्रदेश तथा सङ्घीय सरकार सङ्घ समन्वय गर्न र दिगो संरचना बनाउन पहल गरेको उनी बताउँछन् । वराहक्षेत्रलाई "धार्मिक पर्यटकीय क्षेत्र"को रूपमा विकाश गर्नु पर्ने यसका लागि स्थानिय सरकारले योजना बनाएको र प्रदेश र सङ्घीय सरकारले सहयोग गर्न पर्ने उनी बताउँछन् । उनी भन्छन् धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धाम, आदि श्रद्ब स्थल कोकाह नदी, पौराणिक महत्त्वको अालिया मठ, ऐतिहासिक क्षेत्र सुर्यकुण्ड, कुम्भ नगरी चतराधामको प्रवर्द्धन, संरक्षण, भौतिक पूर्वाधार, सडक लगायतको विकासमा प्रदेश र सङ्घीय सरकारले काम गर्नु पर्ने । रामधुनी, वराहक्षेत्र र धरानलाई मिलाएर धार्मिक सर्किटको रूपमा विकास गर्नु पर्नेमा उनले जोड छ ।
बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला आयोजनामा सङ्घीय र प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको बताउँदै उनले वराहक्षेत्रलाई धार्मिक नगरीको रूपमा विकास गर्न स्थानिय सरकारले योजना बनाएको यसलाई सहयोग गर्न प्रदेश तथा सङ्घीय सरकारलाई आग्रह गर्छन् ।
अमृतको थोपा झरेको भारतको मध्य प्रदेश स्थित उज्जैन, प्रयाग, महाराष्ट्र स्थित नसिक र उत्तराखण्डस्थित हरिद्वारमा कुम्भ मेला लाग्दै आएको र नेपालको चतराधाममा अमृतको तर भेटिएकोले यसको महत्त्व र महिमा ठुलो रहेको छ । कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।
समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ-जहाँ अमृत खस्यो त्यहाँ-त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ । नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानीको रूपमा स्थापित छ ।