धरान : राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन हुने पिण्डेश्वर महाकुम्भ मेलाको अवसरमा चैत २७ गते मङ्गलवार धरान उपमहानगरपालिकाले स्थानीय बिदा दिने भएको छ ।

पिण्डेश्वर महाकुम्भ मेला राष्ट्रपति रामचन्द्र पौडेलद्वारा वराहक्षेत्रमा कुम्भस्थान गरी मङ्गलवार औपचारिक उद्घाटन हुने कार्यक्रम छ ।   

धरान उपमहानगरपालिका कार्यालयद्वारा सोमवार सार्वजनिक सूचना जारी गर्दै पिण्डेश्वर महाकुम्भ मेलाको उद्घाटनको अवसरमा स्थानीय बिदा दिने जानकारी गराएको हो ।

उक्त दिन अत्यावश्यक सेवा बाहेक नगर कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था कार्यालयहरू,  शैक्षिक संस्थाहरूलाई बिदा दिने नगर प्रमुख स्तरीय निर्णय भएको सूचनामा जनाइएको छ ।

Kumbha-Bida-notice-