धरान : संयुक्त राज्य अमिरातको दुबईमा आएको हावाहुरी सहितको भिषण वर्षा अप्राकृतिक प्रविधि क्लाउड सिडिङको कारण भएको आशङ्का गरिएको छ ।
वर्षाको कारण आएको बाढीबाट पीडित पर्यटकहरूले यसलाई प्रकृतिलाई ‘बिच्काउन’ क्रियाकलाप भएको बताएका छन् ।
संयुक्त राज्य अमिरात सहित केही खाडी मुलुकमा अचानक आएको भारी वर्षा हुरी बतासमा मृत्यु हुनेको सङ्ख्या १९ जना पुगेको छ । दुबईको जनजीवन अस्तव्यस्त भएको छ । अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन नराम्ररी प्रभावित भएको बिबिसीले जनाएको छ ।
पछिल्लो ७५ वर्षमा पहिलो पटक आएको यो भिष्ण वर्षा, आँधी तुफान जलवायु परिवर्तनको परिणाम भएको प्रतिक्रिया सामाजिक सञ्जालमा व्यापक छ । कतिपयले यसलाई अप्राकृतिक रूपमा वर्षा गराउने प्रयासको नतिजा भएको बताएका छन् ।
केहीले यसलाई बादललाई फटाएर कृत्रिम वर्षा गराउने प्रविधि ‘क्लाउड सिडिङ’को नतिजा भएको बताएका छन् ।
बिबिसीले संयुक्त अरब अमिरातले यो प्रविधिलाई त्यहाँ पानीको अभाव पूरा गर्न वर्षा गराएको निकै वर्ष अघि देखी उपलब्ध प्रविधि भएको बताएको छ ।
क्लाउड सिडिङ प्रविधि बादलमा एक किसिमको बिउँ हालेर वर्षा गराइने गरिन्छ । सरल भाषामा बादल फटाएर पानी पार्ने प्रविधिलाई क्लाउड सीडिङ भन्न सकिन्छ ।
यो प्रविधिले बादलमा सिल्बर आयोडाइड, पोटासियम क्लोराइड र सोडियम क्लोराइड जस्ता पदार्थ एयरक्राफ्ट लगायतको मदतले छर्कन्छ । उक्त पदार्थको मसिनो कढा आइस न्युक्लियेटिङ पार्टिकलले जस्तै काम गर्दछ ।
बिबिसीको समाचारमा उल्लेख भए अनुसार त्यसबाट बादल बर्फको त्रिस्टलमा बदलिँदै जान्छ । त्यसपछि बादलमा विद्यमान न्यानोपनले त्रिस्टल वरिपरि घेराउ गर्दछ र बिस्तारै सघन वर्षामा परिणत गरिदिन्छ ।
ब्लुमबर्गको एक रिपोर्टका अनुसार दुबईमा गत: आइतबार र सोमवार क्लाउड सिडिङको योजना बनाइएको थियो । मङ्गलवार भने यस्तो योजना बनेको थिएन, त्यही दिन दुबईमा ठुलो बाडी आएको थियो ।
बिबिसीले भिषण वर्षा क्लाउड सिडिङकै कारण हो होइन भनी यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न नसकिएको समाचारमा उल्लेख गरेको छ । गत: हप्ता पुरा खाडी क्षेत्रमा बाढीको खतरा भएको चेतावनी भने दिइएको समाचारमा बताइएका छ ।
भारतमा यो प्रविधिको परीक्षण १९५२ मा गरिएको थियो । भारतको तामिलनाडूमा भयावह खडेरी पर्दा पहिलो पटक १९८४ मा क्लाउड सिडिङबाट वर्षा गराइएको बिसीले उल्लेख गरेको छ । त्यस पछि तामिलनाडू राज्य सरकारले १९८४/८७, १९९३/९४ मा यो प्रविधिबाट वर्षा गराएको थियो ।
सन १९६० को दशकमा अमेरिकी सेनाले भियतनामी सैनिकहरूको सामाग्री आपूर्ति अवरुद्ध गर्न विवादास्पद रूपमा यो प्रविधिको प्रयोग गरेको थियो । चीनले पनि यो प्रविधि प्रयोग गर्दै आएको छ ।