रामधुनीमा हवन र संकीर्तन

  • जेठ २१, २०७७
  • १२४३ पटक पढिएको
  • वासुदेव बराल
alt

भगवान् श्रीराम सँग जोडिएका नेपालका दुई धरोहरहरू छन् । एउटा जनकपुर । जुन उनको ससुराली हो । अर्को भने रामधुनी । यो उनको विद्या अध्ययन थलो हो । तर प्रचारका हिसाबले, महत्वका दृष्टिले र वैभवताको कारणले जनकपुर अत्यन्त धेरै चर्चित छ । जहाँ“ बर्सेनि लाखौँ श्रद्धालु र पर्यटक पुग्ने गर्छन् । नेपालमा मात्र होइन उत्तरपूर्वी भारतमा समेत जनकपुर प्रसिद्ध छ । तर, आम हिन्दु नेपालीलाई पनि रामधुनी र जनकपुरमा तात्त्विक अन्तर छैन । तथापि यो क्षेत्रले पाउनुपर्ने प्रसिद्धि र प्रचार पाएको भने छैन ।

त्रेता युगमा कौसीकी नदीको तटमा ऋषि विश्वामित्रको आश्रम थियो । यहाँबाट उत्तर पहाडमा किरातीहरुको बसोबास थियो । किरातीहरु यहाँको घनघोर जङ्गलमा सिकार खेल्न आएका आउँथे । सिकार गर्न आएका उनीहरूले जनावरका हड्डी छालाहरू आश्रम छेउछाउ यत्तिकै छाडिदिन्थे । उनीहरूको दुःखबाट आजित विश्वामित्रले विष्णुका अवतार रामबाट किरातहरुलाई धपाउन शिक्षा अध्ययनको बहानामा यहाँ“ लिएर आए । शस्त्र र शास्त्रको अध्ययन गर्दै रामले उनीहरूलाई यहाँ“बाट धपाए । अध्ययन गर्दा प्रत्येक दिन हवन गर्नुपर्दथ्यो । अग्नि स्थापना गरेर अग्निलाई साक्षी राखी राम लक्ष्मणले गुरु विश्वामित्रबाट यसै कोसी (कौसीकी) नदी तटमा अध्ययन गरेका थिए ।

कोसी नदीको जलले सिंचित यो क्षेत्र सिकारका लागि प्रसिद्ध थियो । वरपरका राजा महाराजाहरू यहाँ“ रहेका अर्ना, हरिण, बँदेल, हात्ती, बाघ जस्ता ठुला जनावरको सिकार गर्न आउँथे । यही क्रममा परिवारसहित आएका जनक राजाकी पुत्री सीतासँग रामको यहाँ भेट भयो । विश्वामित्रको फूलबारीमा भएको भेट प्रेममा परिणत भयो । उता राजा जनकको टोली जनकपुर फर्कियो । यता रामले पनि गुरुलाई सीतास“ग विवाह गर्न इच्छा भएको बताए । शिक्षा अध्ययन सकिएकै थिएन । विश्वामित्रले राम लक्ष्मणलाई जनकपुर लिएर गए । जहाँ उनको सीतासँग विवाह भयो । विवाहपश्चात् दुलही भित्र्याउन अयोध्या लगियो । त्यसपछि रामलाई वनवास जानुभयो । तर, यता रामले सङ्कल्प गरेको यज्ञको समापन भएको थिएन, पूर्णाहुती हुन पाएको थिएन । रामसँगै जनकपुरबाट अयोध्या गएका विश्वामित्र पनि यता फर्किएनन् । यज्ञ पूर्णाहुती हुन पाएन र त्यो यज्ञको आगो आजसम्म अनवरत बली रहेको छ ।

Ramdhuni-next

करिब डेढ दुई सय वर्षअघि भारतबाट तीन साधुहरू पूर्वी नेपाल आए । बाघाम्बर बाबा, औलीया बाबा र वनस्खण्डी बाबा नाम गरेका बाबाहरूले पिण्डेश्वर, चतरा र रामधुनीमा आ आफ्नो आश्रम बनाए । र, उनीहरूले ती क्षेत्रहरूको धार्मिक महत्त्वको उत्खनन गरे । तीमध्ये वनस्खण्डी बाबाले रामधुनीको धुनीलाई निरन्तरता दिए । जुन आज पर्यन्त प्रज्वलित छ ।

अहिले धार्मिक र पर्यटकीय दृष्टिकोणले रामधुनीको विकास गर्न जरुरी छ । परापूर्व कालको महत्त्व र क्रियाको निरन्तरता गर्नु आज अपरिहार्य भएको छ । यदि रामधुनीको विशेषता कायम गर्ने हो भने त्यहाँ“ भगवान् श्रीरामले सुरु गरेको हवनलाई निरन्तरता दिनुपर्ने हुन्छ । यसका लागि यहाँ“ दैनिक हवन गर्न जरुरी छ । हवन गर्नु धार्मिक मात्र हैन पर्यावरणको दृष्टिले पनि उचित देखिन्छ । यसैले यहाँ“ दैनिक हवन हुन पनि जरुरी छ ।
हवन गर्नका लागि दैनिक आम श्रद्धालुलाई आग्रह गरेर दैनिक फरक फरक यजमान राख्न सकिन्छ । यहाँ“ गरेको यज्ञका कारण भगवान् राम शास्त्र र शस्त्रमा योग्य तथा संसार विजेता रावणलाई समेत परास्त गर्न सफल भएका हुन् । तसर्थ यहाँ“ हवन गर्नाले यज्ञकर्ता समेत धेरै कुरामा योग्य बन्न सक्न विश्वास गर्न सकिन्छ । अर्को तर्फ मानिसका विभिन्न ग्रहदशाको दोष निवारण गर्न पनि यहाँ“ ग्रहहरूको हवन गर्न सकिन्छ । यसका लागि रामधुनी मन्दिर व्यवस्थापन विकास समितिले प्रयास गर्न सक्नेछ ।

अर्कातर्फ कलियुगमा भगवान्को कृपा प्राप्त हुने एक मात्र आधार भगवान्को कीर्तन हो । यहाँ“ दैनिक हरेराम हरेरामको कीर्तन गराउनु वाञ्छनीय छ । कीर्तनले भक्त तथा दर्शनार्थीहरुमा भगवान् कृपा प्राप्त हुने एवं दैनिक क्रियाकलाप पनि भएको हुनेछ । तसर्थ यो क्षेत्रको विकास र यसका महत्त्व जगसामु दर्साउन यहाँ“ हवन कार्य र नाम संकिर्तनको कार्य गर्नु उचित हुनेछ ।

Ram-dhuni-next-3

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता बिनय बाह्रकोटी (ईटहरी)
  • सुदिप अधिकारी (झापा)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2022 - Kapurinews.com All rights reserved