धरान : कान्तिपुर राष्ट्रिय दैनिकका सहायक-सम्पादक बलराम बानियाँको शव फेला परेको छ । दुई दिनदेखि  सम्पर्कविहीन भएको कान्तिपुरका संवाददाताले बताएका छन ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाका अनुसार बानियाँको शव मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको हो । हाल उनको शव हेटौंडा अस्पतालमा राखिएको बताए ।

जिल्ला प्रहरी कार्यालय प्रमुख सुशिल सिंह राठौरका अनुसार बानियाँको शरिरमा चोटपटक देखिएकाे छ । शव बाग्मती नदिले बगाएर हुनाले चोटपटक लागेको हुन सक्ने उनको भनाइ छ । 

थापाका अनुसार बानियाँ पुलमुनि जाँदै गर्दा उनको जुत्ता हिलोमा अड्किएको र त्यसपछि खोलाको पानीमा लडेपछि स्थानीयले उद्धार गर्ने प्रयास गरेका थिए ।

पानीको अत्याधिक वहाबले गर्दा उद्धार गर्न नसकेको स्थानीयले बताएका छन् । त्यसबेला उनको पहिचान खुल्न सकेको थिएन । घटनाको अनुसन्धान भैरहेको थापाले बताए।baniya-sir

कोभिड १९ को संक्रमणका कारण कान्तिपुरका अधिकांश सम्पादकीय कार्य घरबाट भइरहेका छन् ।उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

बानियाँ पछिल्लोपटक एक दशकभन्दा अघिदेखि कान्तिपुरमा कार्यरत थिए । त्यसअघि पनि उनले कान्तिपुर, नागरिकलगायतमा सम्बद्ध रही पत्रकारिता गरेका थिए ।