झापा : झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ स्थित झिलझिलेमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
बुधवार बिहान ५:३० बजे बोलेरो र मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनाबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो ।
दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नं. को १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र १-०१-००१ च ९३२९ नं. को बोलेरो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना शक्त घाइते भएका थिए।
उनीहरूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनीहरूको बाटैमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। उनीहरूको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
मोटरसाइकल, बोलेरो र बोलेरो चालक जिल्ला झापा  मेचीनगर नगरपालिका-६ बस्ने वर्ष ४५ को ऋषिराज गिरी इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।