विराटनगर : जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष  २०७९/८० मा उत्कृष्ट काम गरेका कर्मचारी र शाखा कार्यालयलाई पुरस्कृत गरेको छ ।  

पुरस्कृत हुने जिल्ला प्रमुखमा मैयाँ राई, शिवचरण दास र मनोजकुमार मण्डल, रिता घिमिरे, अनिल कुमार साह, यदुनन्दन कुमार साह छन् । फिल्ड कर्मचारी कल्पना कुमारी चौधरी, जेसन कुमार दास र चन्दन कुमार सिंह पुरस्कृत भएका छन् ।

कार्यालय सहयोगी सविता कुमारी गोढी, कुन्दनकुमार सिंह, गीता खत्री पनि पुरस्कृत भएका छन् । यसैगरी उत्कृष्ट शाखा अमाही, राप्ती र विराटनगर पुरस्कृत भएको छ ।

कोशी, मधेस र बागमती प्रदेशका २४ जिल्लामा सञ्चालित १६० शाखाका १००८ कर्मचारी मध्ये उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।

पुरस्कृतहरूलाई संस्थापक अध्यक्ष सांसद योगेन्द्र मण्डल, अध्यक्ष बिक्रमराज सुवेदी, सञ्चालकहरू गोकर्ण खतिवडा, श्यामचन्द्र खतिवडा र प्रकाशकुमार श्रेष्ठले मेडल प्रदान गरेको संस्थाले जनाएको छ ।

Jiban Bikash Puraskar News 2

Jiban Bikash Puraskar News 3