इटहरी : नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइराला केन्द्रीय सदस्यको उमेद्धवार हुनेभएका छन् । प्रदेश १ को सभापती दाबी गरेका कोइराला टिमको उम्मेदवार नभएपछि केन्द्रीय सदस्य हुने भएका हुन्।

संस्थापन इतर प्यानलका कोइराला प्रदेश १ का लोकप्रीय नेताको रुपमा चिनिन्छन् । २ कार्यकाल सुनसरीको सभापनी भएका उनी सुनसरी २ बाट सर्वाधीकमत सहित महाधिवेशन प्रतिनिधीमा विजयी भएका हुन् ।

मंसिर २४ देखी सुरुहुने केन्द्रीय महाधिवेशनमा प्रदेश कोटाबाट सदस्यमा उनले उमेद्धावरी दिने तयारी गरेका छन् । उनकै नेतृत्वमा सुनसरीका ३ निर्वाचन क्षेत्रमा प्रतिनिधिसभामा कांग्रेसका उमेद्धवार विजयी भएका हुन्।

प्रदेश सरकारको सबैभन्दा ठुलो दलका नेता कोइराला मुख्यमन्त्री बन्नबाट बन्चीत भएका थिए । संस्थापन लाईनको नभएकै कारण मुख्यमन्त्री बन्न नपाएका उनले प्रदेश सभापतीमा समेत दाबी पेश गरेका थिए । इतर प्यानलबाट उमेद्धवार नभएपछी उनले केन्द्रीय सदस्यको तयारी थालेका हुन् ।
प्रदेश १ मै शालीन र लोकप्रीय नेताको रुपमा चिनिन्छन् कोइराला ।

प्रदेश १ को सभापतीमा संस्थापन पक्ष विजयी भएपनि उनको उमेद्धवारीलाई कुनै प्रभाव पार्ने देखीदैन । सबैभन्दा धेरै महाधिवेशन प्रतिनिधि रहेको झापा, मोरङ र सुनसरीमा प्रभावशाली देखीएका कोइराला प्रदेश सदस्यको बलीयो उमेद्धवार हुन्।