वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं १ खारखोलाका नेपाली काँग्रेसका युवा नेता सन्तोष श्रेष्ठले शिवालय मन्दिरमा बस्दै आएका साधुहरूसँग मातातिर्थ औँशी मनाएका छन् । सन्तोषले आफ्नो स्वर्गीय आमाको सम्झनामा वडा नं २ तेह्र आरडिमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा पुगेर साधुहरूसँग मातातिर्थ औँशी मनाएका हुन् ।

उनले साधुहरूलाई मिष्ठान भोजन, लता कपडा, रामनामी र नगद सहित सम्मान गरेका थिए । यस अगाडि पनि सन्तोषले सोही कुटीमा रहेका साधुहरूसँग आएर मातातिर्थ औँशी मनाउने गरेका थिए ।

मातातिर्थ औँशीको दिन आफ्नो स्वर्गीय आमाको सम्झनामा मन्दिर, कुटीहरूमा बस्दै आउनु भएका आमाहरूलाई थोरै सहयोग गरेको सन्तोष बताउँछन् । यस्तो कार्यले आत्म सन्तुष्टिसँगै आमाको आत्म शान्ति हुने विश्वास लिएको उनी बताउँछन् ।

स्थानीय खारखोला फुटबल क्लबको अध्यक्ष, वराहक्षेत्र नगर खेलकुद विकास समितिका सदस्य तथा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं १ प्रदेश सभा २ प्रदेश प्रतिनिधि समेत रहेका सन्तोषले आफ्नो जन्म दिनमा वृक्षारोपण गर्ने, चौकमा सिसी टिभी जडान गर्ने, मन्दिर रङ्ग रोगन लगायतका कार्य गर्ने गरेका छन् ।

Santosh Shrestha 2