विराटनगर : प्रेस चौतारी मोरङका अध्यक्षमा सुदीप कोइराला निर्वाचित भएका छन् ।

हिजो सम्पन्न आठौँ जिल्ला अधिवेशनले कोइरालाको अध्यक्षमा २५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको हो । अधिवेशनले उपाध्यक्षमा सन्तोष राई र चीना थापा, सचिवमा शशाङ्क पौडेल, सहसचिवमा सुमन घिमिरे र अर्जुन राई र कोषाध्यक्षमा विद्यानन्द चौधरीलाई निर्वाचित गरेको छ ।

त्यसैगरि सदस्यहरूमा हरिहर नेपाल, दिपेश खतिवडा, कृष्णचन्द्र सुवेदी, दीपेन्द्र थापा, खगेन्द्र चौहान, शुक्रराज राई, राजकुमारी तामाङ, राजो उराव, भूपेन्द्र कटुवाल, भूमिप्रसाद पाठक, कृष्ण कोइराला, निशान्त ढुङ्गाना, मनोजकुमार महतो, सामना भट्टराई, सम्झना चौधरी, ईश्वर दुलाल, रोमा दाहाल र तिलक नेपाल निर्वाचित भएका छन् ।

आठौँ जिल्ला अधिवेशनको अवसरमा जनार्दन मैनाली पत्रकारिता पुरस्कारबाट उर्लाबारीका पत्रकार जगन्नाथ भट्टराईलाई पुरस्कृत गरिएको छ । भट्टराईलाई नगद १५ हजार ५ सय सहित सम्मानित गरिएको थियो । कार्यक्रममा पुर्वअध्यक्ष विक्रम लुइँटेल, रामचन्द्र अधिकारी, सल्लाहकार डिल्ली पोखरेललाई सम्मान गरिएको थियो ।

जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज विनोद ढकाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष लीलाराज भट्टराई, प्रेस चौतारी नेपालका लेखा संयोजक विक्रम लुइँटेल, नेकपा एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की, सचिव रुपेश खतिवडा, पत्रकार महासङ्घ मोरङका अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर मोरङका अध्यक्ष अर्जुन आचार्य, प्रेस मञ्च मोरङका अध्यक्ष मुकेश यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसैबिच प्रेस चौतारी नेपाल धनकुटाको अध्यक्षमा रबिन कट्टेल निर्वाचित भएका छन् । धनकुटामा बिहीबार सम्पन्न प्रेस चौतारीको ९ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा कट्टेल सर्वसम्मत निर्वाचित भएका हुन् ।

विगत १३ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील कट्टेल संगालोखबर अनलाइन मिडियाका सञ्चालक पनि हुन् । पत्रकार महासङ्घ धनकुटाका कोषाध्यक्षसमेत रहेका कट्टेल सगरमाथा टेलिभिजन, राजधानी दैनिक र उद्घोष दैनिकसँग पनि आबद्ध छन् । जिल्ला अधिवेशनले निवर्तमान कार्यसमितिका उपाध्यक्ष कट्टेलको अध्यक्षतामा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको खुल्लातर्फको उपाध्यक्षमा विश्वराज श्रेष्ठ र समावेशीतर्फको उपाध्यक्षमा मनीषा पोख्रेल चयन भएका छन् । सचिवमा भीम मल्ल छानिएका छन् । सह–सचिवमा खुल्लातर्फ डम्बरु दाहाल र समावेशीतर्फ माया राउत तथा कोषाध्यक्षमा रवीन्द्र रणपहेली चयन भएका छन् ।

समितिको सदस्यहरूमा बिनु चेम्जोङ्ग, सन्तोष सुवेदी, विश्वजित देउजा, गोमा ढुङ्गाना, प्रेमा सुब्बा, अनिता राई, कल्पना तामाङ, कृष्णा राई, सष्टिका राई, रुपा वनेम, अनिसा रुचाल र प्रज्वल कट्टेल निर्वाचित भएका छन् ।

अधिवेशनले भरत थोक्लेनलाई सल्लाहकार चयन गरेको छ । थप सल्लाहकारहरू जिल्ला कार्य समितिको बैठकले मनोनीत गर्ने नव निर्वाचित अध्यक्ष कट्टेलले जानकारी दिए ।