विराटनगर: नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको बन्धन सिमेन्टको खरिद गर्दा दुई जना ग्राहकहरुले स्कुटर जितेका छन् ।

साप्ताहिक गोलप्रथाबाट इनरुवाका संजय मेहेताले पहिलो स्कुटर जिते भने लेटाङ बुधबारेकी ओम कुमारी राईले दोस्रो स्कुटर जित्न सफल भएकी छिन् । तीस बोरा सिमेन्ट खरिद गर्ने ग्राहकहरुमध्ये एक जना भाग्यशाली ग्राहकले प्रत्येक हप्ता हिरो प्लेजर स्कुटर पाउने गर्छन् । स्कुटरको लागि प्रत्येक साताको शुक्रबार लक्की ड्र गर्ने गरिन्छ । मकालु टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रम बन्धन सिमेन्ट विक्लि लक्कि ड्रबाट दुई विजेताको नाम सार्वजनिक गरिएको हो ।

प्रत्येक ३० बोरा सिमेन्टको खरिदमा एउटा स्क्रयाच कुपन ग्राहकहरुले प्राप्त गर्ने छन् । स्क्रयाच कुपनबाट ग्राहकहरुले तीन चरणमा उपहार पाउन सक्नेछन् । पहिलो चरणमा तत्काल हात खालि नजाने गरी करोडौँ रुपैयासम्म नगद, सयौं तोला चाँदी, १९० लिटरको हाइसेन्सको फ्रिज, ५५ इन्चको एलइडी स्मार्ट टिभीलगायतका उपहार पाउने कम्पनिले जानकारी दिएको छ । दोस्रो चरणमा कुपनमा लेखिएको कोडलाई ३३००१ नम्बरमा म्यासेज गरि लक्की ड्रमा समेत सहभागि गराउन सकिनेछ । यसरी दर्ता गरिएका कोडहरुमध्येबाट साप्ताहिक लक्की ड्रमार्फत् एक जनाले हिरो प्लेजर स्कुटर उपहार पाउन सक्नेछन् ।

तेस्रो चरणमा सोही कुपन बम्पर उपहारमा समेत समावेश गरिनेछ । बम्पर उपहारबाट एक जना भाग्यशाली विजेताले ३० तोला सुन प्राप्त गर्नेछन् । नेपाल सरकारबाट नेपाल गुणस्तर प्रमाण चिन्ह पाएको बन्धन सिमेन्ट नेपाल अल्ट्राटेक सिमेन्ट प्रा.लि.ले उत्पादन गर्दै आएको सिमेन्ट हो । अत्याधुनिक जर्मन टेक्नोलोजिबाट उच्च स्तरीय ओपिसी र पियससी गरी दुई किसिमकोे सिमेन्ट उत्पादन हुँदै आएको छ । कम्पनिले पिपिसी सिमेन्ट पनि उत्पादन गर्ने तयारी रहेको बताइएको छ ।