इटहरी । नेपाली विद्यार्थी संघ जनता बहुमुखी क्याम्पस इकाई समितिले भाडामा बस्ने विद्यार्थीको कोठामै अत्यावश्यक सामाग्री पुर्‍याउने भएको छ ।

जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययन गर्ने विद्यार्थीको दैनिक गुजारामा समस्या परेको भन्दै समितिले कोठासम्मै सामान पुर्याउन लागेको सभापति सहदेव काफ्लेले बताए ।

कोरोना भाइरसको महामारीबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको कारण भाडामा बस्ने विद्यार्थीको गुजारामै समस्या परेको भन्दै नेबिसङ्घले कोठामै सामाग्री पुर्‍याउन लागेको उनले बताए । कोठा भाडामा बसेर अध्ययन गरिरहेका र समस्यामा परेका विद्यार्थीको सहजताको लागि नेबिसङ्घले नयाँ कार्यक्रम ल्याएको  काफ्लेले बताए ।

नेबिसङ्घ सुनसरिको सहयोग तथा समन्वयमा जनता बहुमुखी क्याम्पस इकाइ समिती चामल,दाल,नुन,तेल जस्ता आधारभुत आवश्कताका कुराहरु विद्यार्थीको कोठा सम्म पुर्‍याउन लागेको उनको भनाइ छ । यो बिपतकाे घडीमा अभिभावकबाट टाढा बसेका विद्यार्थीहरु सबैभन्दा समस्यामा पर्ने भन्दै उनीहरुलाई एक्लो महसुस हुन नदिन नेबिसङ्घले आफ्नो कर्तव्य ठानेर सहयोग गर्न लागेको काफ्लेले जानकारी दिए ।
उनका अनुसार समस्यामा पर्ने बिद्यार्थीले फोन सम्पर्क गरेर जानकारी गराउन उनले अनुरोध गरेका छन् ।