धरान: धरान १५ स्थित चुम्लुङ हिममा चासोक तङ्नाम साँस्कृतिक उत्सव भव्यरुपमा आयोजना भइरहेको छ ।

उत्सव भोली शनिबारसम्म आयोजना हुनेछ । उत्सवमा बुधबार रातभर तङसिङ अनुष्ठान भएको थियो भने हिजो बिहिबार बिहान चासोक पुजा भएको थियो । बिहानै बालबालिकाहरुलाई टिका लगाउने कार्यक्रम पनि भएको थियो । दिउँसो तान बुन्ने र छेलो हान्ने प्रतियोगिता आयोजनासँगै विभिन्न थरगत, थुमगत तथा किरात याक्थुङ चुम्लुङको वडा कमिटिहरुले केलाङ नाच पनि प्रस्तुत गरेका थिए ।

9 1

साँझमा साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम आयोजना भएको थियो । उत्सवमा आज विभिन्न थरगत तथा थुमगत संस्थाहरुको साँस्कृतिक यालाङ, केलाङ(च्याबु्रङ) प्रर्दशनी हुदैछ । चुम्लुङका सुनसरी जिल्ला उपाध्यक्ष स्वर्णिमहाङ फोम्बोका अनुसार चासोककै दिन सिरिजंगाको ३१५ औ जन्मजयन्ती पनि पर्ने भएकोले तीनकुनेस्थित सिरिजंगाको सालिकमा माल्र्यापण पनि गरिएको थियो । साथै, विजयपुर दरबार परिसरमा सरसफाई र पुजा पनि गरिएको उनले बताए । 

धुमधामले मनाए मंसिरे पुर्णे

14

लिम्बु समुदायले चासोक तङनाम भनेर मनाउने मंसिरे पुर्णिमालाई राई जातिले उधौलीकोरुपमा मनाउछन् । यस्तै, याक्खाहरुले चासुवा भनेर मनाउछन् । भुजेल जातिले भुजेली पर्व, नेवारहरुले यमरी पुर्णे, सुनुवार जातीले फोल स्यादर भनेर मनाउछन् ।

विशेष गरेर नयाँ अन्नबाली भित्राउने खुसियालीमा आफ्नो पितृ, कुल देवतालाई चढाउने गरिन्छ । जसलाई न्वागी पुजा पनि भनिन्छ । उधौलीमा जाडो मौसम शुरु हुने र लेखतिर भएका मानिस, जवानर, चराचुरुङगी न्यानो खोज्दै बेसितिर झर्ने संकेतको रुपमा लिइन्छ । ढोल झम्टाको तालमा साकेला, साकेन्वा र साक्खेवा शिली नाचिन्छ । आफ्नो जातीय भेषभुषा लगाएर युवायुवतीहरुले विभिन्न जनावरको नक्कल गर्ने गरिन्छ । जुन मानव सभ्यताको विकास हुनु पहिले ढुङ्गे युगमा गरिन्थ्यो ।

विजयपुरमा प्राकस १३ ले मनायो

20

किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति धरान १३ को आयोजनामा धरान १४ स्थित हाङ बुद्धिकर्णको भग्नावसेस दरबार परिषरमा पुजाअर्चना गरी उधौली मनाइएको छ । नयाँ अन्नबाली धान, मकै, कोदो, दाललगायत विभिन्न फुलफुलहरु कुलदेवतालाई चढाउदै पुजा गरियो । कार्यक्रममा किराया जिल्ला कार्यसमिति सुनसरीका सह–कोषाध्यक्ष उपेन्द्र चाम्लिङको समेत उपस्थिती थियो । उनले आदिम कालदेखी मनाउदै आएको साकेला पर्व संरक्षण गदै पुस्तानतरण गदै लानुपर्ने बताउछन् । ‘हाम्रो पूर्खादेखी मानिआएको साकेला चाडलाई संरक्षण गर्नुपर्छ’ उनी भन्छन् ‘आउदो नयाँ पुस्तालाई सिकाउदै लानु पर्छ । यस्तै, किराया प्राकास धरान १३ का अध्यक्ष श्रीपाल राई भन्छन् ‘किराती समुदायको संस्कार संस्कृति जगेर्ना गर्ने जिम्मेवारी राज्यको हो ।’

4 1 6 1 7 1 8 19 10 1 12 1 13