झापा : झापाको गौरादहस्थित एक होटेलबाट रास्वपा नगर सभापति सहित १६ जना जुवाडे पक्राउ परेका छन् ।
गएराति गौरादह नगरपालिका ५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटेलमा जुवा तास खेलाइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो ।
प्रहरीले छापा मार्दा होटेल सञ्चालकसहित १६ जना पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैयाँ समेत बरामद गरेको छ ।
पक्राउ पर्ने मध्ये विनोद अधिकारी भने गत भाद्र २४ गतेको तोडफोड र आगजनीमा पनि संलग्न भएका ब्यक्ती रहेको प्रहरीले जनाएको छ ।
को-को हुन् त पक्राउ पर्ने जुवाडेहरू ?
(१) रास्वपा गौरादह नगर सभापति जगत अधिकारी
(२) गौरादह रास्वपा ४ नंबर वडा सभापति युबराज खड्का
(३) भरत कार्की
(४) हृदय सुवेदी
(५) टंक बराल (सुन ब्यबसायी)
(६) राम फुँयाल
(७) केदार मगर
(८) नबराज भट्टराई
(९) रोशन खत्री
(१०) बिनोद अधिकारी, गौरादह-५ (तोडफोड आगजनीमा संलग्न)
(११) दुर्गा पौडेल
(१२) मकर अधिकारी
(१३) अशोक काफ्ले
(१४) अर्जुन श्रेष्ठ
(१५) सुदिप चेम्जुङ्ग
(१६) दिल बहादुर मगर




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































