औजार : आजको औजार दैनिकमा अरुण तेस्रोको लागि जुट्यो वित्तीय स्रोत शीर्षकको समाचार छापिएको छ । संखुवासभा जिल्लामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभीएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रा. ली.ले जनाएको छ । बिहीबार काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो । परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो । यस जलविद्युत परियोजनामा भारतको स्टेट बैंक आफ इण्डिया (एसबीआई)को नेतृत्वमा वित्तीय स्रोत व्यवस्थापन भएको हो । जसमा एसबीआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पीएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन पूरा नहुँदै निर्माणको काम सुरु भइसकेकाले विश्वास बढेको बताए । लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

आजको औजार दैनिकमा गच्छदारको समर्थन गर्दै आन्दोलनको तयारीमा कांग्रेस शिर्षकको अर्को समाचार पनि छापिएको छ । ललिता निवास जग्गा प्रकरणमा नेपाली कांग्रेसका पार्टी उपसभापति विजयकुमार गच्छदार मुछिएको विषयलाई सुनसरी कांग्रेसले आन्दोलनको तयारी गरेको छ । गच्छदारसँग राजनीतिक प्रतिशोधको लागि नेकपा सरकार लागेको संज्ञा दिँदै नेपाली कांग्रेसले जिल्लामा आन्दोलनको तयारी थालेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरि चेतावनी दिएको छ । गृह जिल्ला समेत रहेको सुनसरीमा गच्छदारको राजनीतिक कर्मथलो भएकाले जिल्ला पार्टी कार्यालयले पत्रकार सम्मेलन गरि आन्दोलनमा होमिने जानकारी गराएको हो । जिल्ला पार्टी कार्यालय इनरुवामा बसेको पार्टी बैठकको निर्णय सार्वजनिक गर्दै सभापति राजिव कोइरालाले सरकार विरुद्ध सुनसरी कांग्रेसले आन्दोलनको तयारी गरेको बताए । उनले पार्टी उपसभापति समेत रहेका संसदीय दलका उपनेता गच्छदारमाथि लगाइएको आरोप गलत भएको र आफुहरुलाई सहय हुन नसक्ने भन्दै उक्त कदम विरुद्ध आन्दोलनमा होमिन बाहेकको विकल्प नरहेको बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा हुलाकी मार्गले जोडियो विराटनगर-गौरीगञ्ज शीर्षकको समाचार छापिएको छ । स्थानीयको निकै लामो प्रतिक्षापछि अन्ततः प्रदेश १ को राजधानी विराटनगर र झापाको गौरीगञ्ज बजार जोडिएका छन् । सय वर्ष अघिसम्म विराटनगर गौरीगञ्ज सीधा व्यापार हुन्थ्यो । महेन्द्र राजमार्ग नबनुन्जेल सम्म झापा सदरमुकासम्मको व्यापार यही मार्ग भएर हुन्थ्यो । हुलाकी मार्गमा पर्ने विराटनगर गौरीगञ्ज खण्डमा बाटो मर्मत र प्रमुख दुई खोलामाथिको पुल सञ्चालनमा आएपछि प्रदेश राजधानी र गौरीगञ्जको सिधासम्पर्क स्थापित भएको हो । योसँगै हुलाकी मार्ग हुँदै प्रदेश राजधानीबाट रंगेली डायनिया आमबाडी हुँदै गौरीगञ्ज पुग्न सकिन्छ । रंगेलीतर्फ भने हुलाकी मार्ग चार लेनको बनाइदैछ । रतुवा खोला र रामचन्द्रे खोलामा पुल निर्माण भएपनि सञ्चालनमा आएका थिएनन् । तर, एक महिना यता सवारी आवतजावतमा सहज भएको छ । गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले झापा र मोरङको दक्षिणी क्षेत्रका बासिन्दाको लागि हुलाकी मार्ग नै लाईफलाईन भएको बताए ।

मर्निङ टाइम्स : आजको मर्निङ टाइम्स दैनिकमा ग्रामिणक्षेत्रमा असुरक्षित गर्भपतन शीर्षकको समाचार छापिएको छ । ग्रामिण क्षेत्रमा बढेको असुरक्षित गर्भपतनलाई शुन्यमा पुर्याउने प्रभावकारी रणनीति अपनाउँदै सुरक्षित गर्भपतन सेवाको पहुँचमा त्यस्ता महिलालाई पुर्याउन शुक्रबार इनरुवामा छलफल गरिएको छ । स्वास्थ्य कार्यालयको आयोजना आइपासको सहयोगमा भएको छलफलमा जिल्लाका स्वास्थ्य कार्यालयहरु, सुरक्षित गर्भपतन सेवा सञ्चालन बारे जानकारी दिएको थियो । आइपासका प्रदेश संयोजक केदार भण्डारीले सुनसरीमा सुरक्षित गर्भपतन सेवा परियोजना २०७१ सालदेखि शुरु भएपनि ग्रामिण क्षेत्रमा असुरक्षित गर्भपतन शून्यतामा नपुगेको बताए । उनका अनुसार सुनसरी जिल्लामा अस्पताल २, प्राथमिक स्वास्थ्य केन्द्र केन्द्र, हेल्थ डेस्क १२ वटामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छ । दुहबी, देवानगञ्ज, कोशी, धरान, गढी, बराहक्षेत्र, रामधुनी प्याव्सन, सुनसरी, एनप्यवसन सुनसरी, धरान हङकङ मञ्च, सुनसरी उद्योग वाणिज्य संघ, धरान समाज युके, हङकङ नेपाली महासङ, हिसान सुनसरी, नेपाल पत्रकार महासंघ सुनसरी रहेका छन् । स्वास्थ्य केन्द्रमा यो सुविधा उपलब्ध छ ।