ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स इटहरी अस्पतालमा औषधी र चिकित्सक दुबै अभाव शीर्षकको समाचार छापिएको छ । इटहरी अस्पतालमा निःशुल्क पाइने औषधि अभाव छ । सरकारले सर्वसाधारण नागरिकलाई निःशुल्क वितरण गर्ने औषधि इटहरीमा अभाव भएको हो । इटहरीमा ज्वरो आउँदा खाने सिटामोल, गर्भवती महिलाले प्रयोग गर्ने आइरन चक्की, मेट्रोजस्ता अति आवश्यक औषधिसमेत अभाव भएको अस्पतालले जनाएको छ । सरकारले ७० किसिमका औषधि निःशुल्क वितरण गर्ने जनाए पनि इटहरी अस्पतालमा अहिले अधिकांश औषधि छैनन् । इटहरीको एकमात्र सरकारी अस्पतालमा औषधि अभाव हुँदा यहाँ आउने विरामीहरु मरमा परेका छन् । अस्पतालमा अधिकांश औषधि नहुँदा समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ । इटहरी अस्पतालका डाक्टर मनिषकुमार शर्माले अस्पतालमा निःशुल्क औषधि अभाव हुँदा समस्या पाएको बताए । अहिले सिटामोललगायत केही औषधि छन् । तर अधिकांश औषधि नहुँदा भने सेवाग्राही मारमा परेको स्वीकार गरे । औषधि अभावको कुरा आफूहरुले माथिल्लो निकायसम्म पुर्याएको बताउँदै भने १५ दिनपछि औषधि आउन सक्छ । अहिले अस्पतालले २० लाख बराबरको औषधि किन्ने टेण्डर आह्वान गरिएको बताए ।

औजार : आजको औजार दैनिकमा पिण्डेश्वर विद्यापिठलाई सँस्कृतको अनुसन्धान केन्द्र बनाईने शीर्षकको समाचार छापिएको छ । प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले हाम्रा धर्म र संस्कृति तथा पुराण र महायज्ञ समाजको रक्षागर्ने मातृशक्ति भएको बताए । मोरङको सुन्दरहरैचाँ वडा नं. सात गोठगाउँमा रहेको श्री शिवपञ्चायन मन्दिरमा सोमबरदेखि सुरु भएको महायज्ञमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री कार्कीले स्वस्थानी च्यात्ने कुरा कसैले भने पनि त्यो गल्ती भएको र मिडियाले उत्तेजना फैलाएको उल्लेख गरे । ‘लाखौं व्यक्तिको आस्था भएकाले कसैले च्यात्ने कुरा गर्नु गल्ती हो’, उनले भने, ‘मन नलागे स्वस्थानी नपढि बस्दा हुन्छ ।’ धर्म संस्कृतिमा धेरै राम्रा कुरा भएको बताउँदै सबै शिक्षालयका पाठ्यक्रममा संस्कृत भाषा पढाउनुपर्ने उनले बताए ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा ‘१३ अर्ना चितवन लगियो सट्टामा गैंडा आएन’ शीर्षकको समाचार छापिएको छ । पुर्वी तराईमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्षबाट २०७३ साल माघ १० देखि २४ गते सम्ममा १३ वटा अर्ना चितवन राष्ट्रिय निकुन्ज सारिएको छ । यसरी कोशीटप्पु बन्यजन्तु आरक्षबाट अर्ना लगेर चितवनबाट गैडा दिने भनिएको थियो । तर चार बर्ष विति सक्दा पनि अर्नाको सट्टा गैडा नआउँदा कोशीटप्पु बन्यजन्तु आरक्ष मध्यवर्ति व्यावस्थापन समितिका अध्यक्ष बिरेन्द्रकुमार यादव आक्रोस पोख्छन् । बन तथा बातावरण मन्त्रालयको निर्णय अनुसार अर्ना चितवन लगिएको यत्तिका वर्ष वितिसक्दा पनि न गैडा आयो, न पहिला लगिएका पाँच वटा हात्ती नै आए । यसरी कोशीटप्पु वन्य जन्तु आरक्षमा मात्रै पाईने जंगली भैसी अर्ना अरु निकुन्ज र आरक्षमा पनि लगेर संरक्षण गर्दा कोशीटप्पु बन्य जन्तु आरक्षको महत्व घटने स्थानियवासीको भनाई छ । हिजो चितवनमा आउने पर्यटक अर्ना हेर्नकै लागि कोशीटप्पु आउनुपर्दथ्यो तर अहिले अर्ना उतै भेटिएपछि यता कोशीटप्पु नआउने बातावरण संरक्षण र बन्यजन्तु आरक्ष र निकुन्ज पेरीफेरीका बस्तिहरुको अधिकारका लागि कार्यरत युचेप नेपालका अध्यक्ष रविन घिमिरेले बताए ।