इटहरी : उदयपुर कटारीका गुरु प्रसाद दाहाल नेपालका फेमस बारटेन्डर हुन् । पछिल्लो समय टिकटकमा भाइरल भएका उनी व्यवसायमा पनि चम्किँदै गएका छन् । फ्लेयर बारटेन्डरको लागि पोख्त भएका गुरु कुशल ट्रेनर समेत हुन् । बिर्तामोड देखी धनगढीसम्म उनले दक्ष बारटेन्डर उत्पादन गरेका छन् ।  

निम्न मध्यम वर्गीय परिवारमा हुर्किएका गुरुको लागि काम पाउनु नै ठुलो सफलता थियो । गाउँमा एसएलसी पास गरेर विराटनगर झरेका उनले होटेलमा जागिर पाए । सन् २०१७ मा होटेल रत्नमा काम पाए । प्लस टु पढ्दै जागिर गर्ने गरेका उनी सबैभन्दा साना स्टाफ थिए । 
एक दिन होटेलले एक कार्यक्रमको आयोजना गरी काठमाण्डौबाट बारटेन्डर झिकायो । २ दिन कला देखाएर उनीहरू फर्किए। उनीहरूको सीप देखेर गुरु छक्क परे । सोच्न पनि नसक्ने गरी बोतल र गिलास घुमाएको देखेर उनको मनमा नयाँ सपनाको जन्म भयो, अब जसरी पनि बारटेन्डीङ सिक्ने । दिनरात कसरी सिक्ने भनेर सोच्न लागे उनी । 
त्यत्तिकैमा इटहरीको जनता बहुमुखी क्याम्पसमा स्नातक तहको पढाइमा लागे । त्यो बेला पनि होटेलमा काम गर्ने इच्छा मरेको थिएन । इटहरीको कृष्ण होटेलमा केही दिन काम गरेर उनी काठमाडौँ हानिए । काठमाण्डौमा पनि होटेलमा काम खोजे । 
विराटनगरमै देखेको बारटेन्डङले उनको ध्यान खिँचेको थियो । धेरैतिर चहारेपछि बारमा काम गर्ने अवसर पाए । सङ्गीतको धुनमा रमाउन पाइने भएर उनी झनै झुम्मिए । 'फन र इन्जोय पनि हुने भएपछि मलाई त्यही काम गरौँ जस्तो लाग्यो । म्युजिकको तालमा काम गर्न पाउनु मज्जाकै कुरा हो नि । बारमा बसेर बारटेन्डीङ गर्न पाइने मौका पाएपछि के खोज्नु ?,' विगत संम्झीदै उनी भन्छन् । 
अरूले गरेको देखेर बोतल घुमाउने प्रयास गर्न थाले । काम गरेकै होटेलमा ३ महिनामा सबै काम चलाऊ सिकिसकेका थिए । दिनको १२ घण्टा सम्म बोतल घुमाएको उनले सुनाए । यस्तो पनि दिन थियो की ! बार टेन्डीङ गरेन भने निद्रै नलाग्ने भयो । पछि त्यत्तिकैमा ठमेलका होटेलहरूबाट जागिरको अवसर आउन थाल्यो । त्यो बेला धेरै खुसी लाग्यो ।, उनले भने, 'ठमेलमा रातभरि पनि गेस्टहरू रमाउने रहेछन् । ३ बर्षजती नाइट लाइफ रमाइलो गरी बिताइयो । धेरै आनन्द छ यो फिल्डमा । सम्मान र गेस्टहरूको तारिफ धेरै पाइन्छ ।'
त्यत्तिकैमा इन्टरनेशनल लेबलको बारटेन्डीङ प्रतियोगिताको बारेमा सुने । सन् २०१९ भारतको गोवामा भएको प्रतियोगितामा सहभागिता जनाए । विजयी हुनु भन्दा प्रतियोगी हुनु नै उनको पहिलो सफलता थियो । उत्कृष्ट पफर्मेन्स गरेका गुरु सेकेन्ड रनरअप सम्म भए । जसले उनको चर्चा बढायो । bar-tendar-guru-2
चर्चित भए पनि त्यसले आम्दानी दिन सकेन । त्यसपछि उनका तनावका दिन सुरु भए । "म डिप्रेसनमै गएँ । बारटेन्डर भनेको छ, अन्तर्राष्ट्रिय स्तरको भनेको छ, तर गोजीमा सुको पैसा छैन । दिक्क लाग्यो मलाई ।"- उनले दुःख सुनाए, "अब त केही नगरी हुँदैन भन्ने लाग्यो । अभावले क्षमताको मूल्याङ्कन गर्छ जस्तो लाग्यो । एकेडेमी फिल्डमै सक्रिय हुन मन लाग्यो । अनि पुरानो बानेश्वरमा ककटेल एण्ड फ्ले बारटेन्डीङ एकेडेमी खोलेँ"
आफ्नै कम्पनी खोलेर उनले चुनौतीको सामना गर्ने आँट गरे । अब आफै बारटेन्डीङ सिकाउने काममा लागे उनी । पुर्व देखी पश्चिमका धेरै सहरमा सम्पर्क बढाए । काठमाडौँ सङ्घर्षको विश्वविद्यालय जस्तो लाग्यो उनलाई । काठमाडौँ दुःख र अवसर दुवैको खानी लागेको गुरु सुनाउँछन् । मासिक १ लाख बढी आम्दानी गर्ने गरेका उनी मेहनतले फल दिनेका विश्वस्त छन् । 
"साथीहरू सँग कोठा सेयर गरेर बस्दा भाडा तिर्ने पैसा हुँदैन थियो । गौशाला देखी वानेश्वर जाने भाडा हुँदैन थियो । तर अहिले त्यही बिचमा अफिस चलाएको छु ।," उनी भन्छन् , “मेहनत र आँट भएपछि केही गर्न सकिन्छ की जस्तो लाग्छ। एकेडेमीकनै गर्नुपर्ने रैछ भन्ने लाग्छ । पूर्व मेची देखी महाकालीसम्मका सबै सहरका विद्यार्थी आएर सिकेका छन् । अहिले मैले नै सिकाएका अधिकांश विद्यार्थी देशैभरका चल्तीका रेस्टुरेन्ट, होटेल र क्लबमा काम गर्छन् ।"
नेपालमा भन्दा विदेश जाने प्रयोजनमा धेरै विद्यार्थी आउने गरेको उनको अनुभव छ। विदेशका ठुला होटेलमा माग बढी भएकाले युवाहरूको ध्यान बारटेन्डर तिर लागेको गुरु बताउँछन् । आम्दानी राम्रो हुने अस्टे«लीया, अमेरिका देखी दुबई सम्म आफ्ना विद्यार्थी पुगेको उनले सुनाए । 
धरानमा उनीसँगै पुगेका साजन गुरुङले पनि गुरुको खुलेरै प्रशंसा गरे । धेरै मेहनतले मात्र बारटेन्डर हुन सकिने उनको अनुभव छ। भारतको हैदराबादमा साधारण सिकेर नेपाल फर्किएका उनी अहिले परिपक्क बन्दै गएका छन् । 
बारटेन्डरले डिङ्क्सको भेराईटि बनाउने भएकाले मात्रा र कला दुवै मिलाउनुपर्ने उनको भनाई छ। नयाँ टेस्ट बनाएर पाहुनालाई सन्तुष्ट पार्नु निक्कै चुनौतीपूर्ण काम भएको उनले बताए । 
“स्टेन्डर मेन्टेन देखी आफ्नो क्षमता प्रदर्शन गर्ने ठाउँ हो । हस्पीटालीटीको क्षेत्र एकदमै संवेदनशील हुन्छ ।,” उनले भने, “पाहुनाले गाली गर्दा सहने देखी टिप्स पाएर खुसी हुने क्षमता हुनुपर्छ । सधैँ एउटै मोडमा भइँदैन । बोतल सँगै दिमागलाई पनि ब्यालेन्समा राख्नुपर्छ । गेस्टहरूलाई कसरी हेण्डल गर्ने भनेर सिक्नुपर्छ ।”
bar-tender-guru-3