धरान : धरानको एक दुर्व्यसनी सुधार केन्द्रमा उपचारका लागि राखिएका एक युवकको कुटपिटबाट मृत्यु भएको कुरा सीसीटिभीको फुटेजबाट खुलासा भएको छ । उक्त घट्नाको अनुसन्धानको क्रममा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
धरान-११ मङ्गलवारे स्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचारका लागि बसेका तेह्रथुम मेन्छ्यायेम गाउँपालिका-६ का ३३ वर्षीय खड्गबहादुर राईको गत: मङ्गलवार मृत्यु भएको थियो । उनलाई कुटपिट गर्दा मृत्यु भएको सीसीटिभीको फुटेजबाट खुलासा भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय धरानका इन्चार्ज डिएसपी भिषणवावु राईले घट्नाको अनुसन्धानको क्रममा कुटपिटमा संलग्न रहेका पुनर्स्थापना केन्द्रमा रहेका सञ्चालक सहित ९ जनालाई पक्राउ गरेको बताए ।
डिएसपी राईका अनुसार राईलाई पुनर्स्थापना केन्द्रमै पाता कसेर, कम्मरमा कम्ब्याट बाँधी, हात-खुट्टा बाँधी लडाउँदै कुटपिट गरी ज्यान गएको पाइएको छ । उनले भने ‘सुधार केन्द्रको सीसी क्यामेरा फुटेज परीक्षण गर्दा राईमाथि गरिएको यातनापूर्ण व्यवहार स्पष्ट देखिएको हो ।’
कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको उनले बताए । घटनामा संलग्न भएको आरोपमा पक्राउ गरिएकाहरुमा केन्द्र सञ्चालक धरान-८ का मणिराज राई, राकेश प्रधान, श्रवण राजधानी, निकेश सुनुवार, सुरेन लिम्बु, हस्तबहादुर विश्वकर्मा, बिरु लिम्बु, सचिन राई र विजय चौधरी छन् ।
पक्राउ गरिएकाहरूलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































