काठमाडौँ : नेपालका अग्रणी शैक्षिक परामर्शदाता एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज नेपाल र क्रिकेट एसोसिएशन अफ नेपाल बिच आगामी नेपाल प्रिमियर लिगका लागि आधिकारिक शैक्षिक परामर्श साझेदारी सम्झौता सम्पन्न भएको छ।
यस साझेदारीले नेपालमा क्रिकेटको उत्थानका साथै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय शिक्षा यात्रामा साथ दिने एक्स्पर्ट एजुकेशनको दशकौँदेखिको विश्वास र प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ।
एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजले अस्ट्रेलिया, बेलायत, क्यानडा, अमेरिका, र न्यूजिल्याण्ड लगायतका देशमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई उच्चस्तरीय परामर्श सेवा प्रदान गर्दै आएको छ। हाल यस संस्थाका २५ भन्दा बढी देशमा करिब ९० शाखा सञ्चालनमा रहेका छन्, जसले विद्यार्थीहरूलाई नजिकैबाट सहयोग र मार्गदर्शन प्रदान गर्दै आएका छन्।
यो साझेदारीले खेल र शिक्षा दुवै क्षेत्रमा उत्कृष्टता, अवसर र अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने विश्वास गरिएको छ।


































































