धरान : प्रदेश नं १ सरकारको प्रदेश स्तरीय बिपत व्यवस्थापन समितिको बैठकले उदयपुरको कोसी कटान क्षेत्रमा उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।

व्यवस्थापन समितिका संयोजक प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले उद्धार र राहतलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेको हो । बैठकले कोसी कटानलाई नियन्त्रण गर्ने कोसी , बक्रम नदी नियन्त्रण कार्यालय मार्फत तत्काल सुरु गर्ने , उद्गार तथा राहतमा प्रदेश स्तरीय विपत् व्यवस्थापन समिति, जिल्ला स्तरीय विपत् व्यवस्थापन समिति र नगर स्तरीय बिपत व्यवस्थापन समितिले समन्वय गरेर काम गर्ने निर्णय भएको छ । 

त्यस्तै बाढीको जोखिमा र प्रभावित भएका बस्तीका स्थानीयलाई हस्तान्तरण गरी सुरक्षित रूपमा बसोबास गराउन वडा स्तरीय व्यवस्थापन र टोल विकास समितिहरूलाई परिचालन गर्ने निर्णय भएको छ । त्यस्तै सरोकारवाला पक्षसँगको समन्वय र सहयोग लिएर काम गर्नेछ  । अस्थायी बसोबासका लागि विद्यालय , त्रिपाल , खाद्य र गैर खाद्य , शौचालय , सुरक्षाको व्यवस्थापनका लागि गर्ने निर्णय भएको छ ।

बैठकमा प्रदेश नं १ का सडक, यातायात भौतिक पुर्वधार मन्त्री हिमाल कार्की, उदयपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख बिरेन्द्रकुमार यादव, सुनसरी जिल्ला प्रशासन कार्यालय प्रमुख इन्द्रदेव यादव, मोरङ जिल्ला प्रशासन कार्यालय  प्रमुख काशीराम दाहाल, बेलका नगरपालिका प्रमुख अशोक कार्की, सुनसरीको वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्की, सप्तरीको सप्तकोशी नगरपालिका प्रमुख, कञ्चनपुर नगरपालिका प्रमुख, ३ वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थित रहेको थियो ।

बाढीबाट जोखिममा र प्रभावित भएका स्थानीयहरूलाई सुरक्षित स्थानमा ल्याउने कार्य जारी छ । नेपाल प्रहरी , सशस्त्र प्रहरी , सेनाको टोली सक्रिय रूपमा उद्गारमा लागि परेको छ । जोखिमा परेका स्थानीयहरूलाई बेलका नगरपालिकामा रहेका विद्यालयमा राख्ने व्यवस्था मिलाइएको छ । भन्ने खाद्यान्नको समेत व्यवस्थापनलाई तीव्रता दिइएको बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बताए ।

उदयपुरको बेलका नगरपालिका ८ स्थित डुम्री बोटे लाहुरे खोज भन्ने ठाउँबाट सप्तकोसी नदी बस्ती तिर पसे पछि करिब २० हजार परिबार प्रभावित भएका छन् ।

२ सातादेखि  बाढी रोक्न प्रयास गरे पनि बुधवार बिहान करिब चार बजे सप्तकोसी नदिको पानीले बाध फुटाएर बस्तीमा प्रवेश गरेको हो । कोसी फुटेर बाढी बस्तीमा पसेपछि उदयपुरको बेलका सहित , चौदण्डिगढी नगरपालिका, सप्तरीको सप्तकोसी, कञ्चनपुर र सुनसरीको वराहक्षेत्र नगरपालिको श्रीलंका टप्पुका हजारौँ परिबार जोखिममा परेका छन् ।

Koshi-Katan-1 5Koshi-Katan-3 2