धरान : राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार विदेश जाने महिलाको सङ्ख्या १० वर्षको अवधिमा ७१ दशमलव ०९ प्रतिशत बढेको छ । 

केन्द्रीय तथ्याङ्क विभागले प्रारम्भिक नतिजा सम्बन्धी प्रेस विज्ञप्तिमा भनिएको छ, दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू) सङ्ख्या १९,२१,४९४ थियो ।

जसमध्ये पुरुष १६,८४,०२९ (८७.६४%) र महिला २,३७,४०० (१२.३६%) थिए । जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरू नेपालको परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन् ।

जसमध्ये १७,६३,३१५ पुरुष (८१.२८%) र ४,०६,१०३ महिला (१८.७२%) रहेका छन् । यसरी समग्रमा हेर्दा २०६८ को तुलनामा २०७८ मा बिदेसिने महिलाहरूको सङ्ख्या ७१.०९% ले बढेको देखिन्छ । 

प्रतिवेदन अनुसार विदेश जाने नेपालीहरूको सङ्ख्या पनि बढेको छ ।  परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसङ्ख्या जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरू परिवारबाट अनुपस्थित भई अक्सर विदेशमा बसोबास गरेका देखिन्छन् । 

दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोबास गर्नेहरू) सङ्ख्या १९,२१,४९४ थियो । जसमध्ये पुरुष १६,८४,०२९ (८७.६४%) र महिला २,३७,४०० (१२.३६%) थिए । 

जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश गएर परिवारमा अनुपस्थित देखिएका छन् । सबैभन्दा बढी परिवारमा अनुपस्थित भएका ५ जिल्लाहरूमा काठमाडौँ, कैलाली, झापा, रुपन्देही र मोरङ छन् । 

सबैभन्दा कम परिवारमा अनुपस्थित हुने ५ जिल्लाहरूमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन् । अर्थात् उक्त जिल्लाबाट कम मानिस बिदेसिएका छन् ।