धरान : हिजो देखिनै पूर्वमा मौसममा परिवर्तन आएको छ । मौसममा परिवर्तन आएसँगै अहिले पूर्वका विभिन्न ठाउँहरूमा पानी परिरहेको छ ।

Dharan-1

धरानमा भने राती देखिनै कुहिरो लाग्नुको साथै पानी परिरहेको छ । अहिले बङ्गलादेशको आसपासमा रहेको चक्रवात अंफुन कमजोर भई निम्न चापीय प्रणालीको रूपमा रहेको छ । यसैको असरले नेपालको पूर्वी भू–भागमा यस प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dharan-4

अहिले पूर्वी भू–भागमा सामान्य बदली, मध्य भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पूर्वी भू–भागमा सामान्य बदली, मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Dharan-3

पूर्वी भू–भागका केही स्थानहरू र मध्य तथा पश्चिमी पहाडी भू–भागका एक, दुई स्थानहरूमा मेघगर्जन, चट्याङ्, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Dharan-5