वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ स्थित जलदेवी आधारभूत विद्यालयले शैक्षिक गुणस्तरको विषयमा अभिभावहरूसँग छलफल गरेको छ ।

बिहीबार अभिभावकहरूलाई विद्यालयमा बोलाएर उक्त विषयमा छलफल गरेको विद्यालयका प्रधानाध्यापक नर कुमार राईले बताए । प्रधानाध्यापक राईका अनुसार अभिभावकहरूसँग छलफल गरेर वार्षिक कार्य तालिका, कार्य योजना २०८१ निर्माण र शैक्षिक गुणस्तरका बारेमा समेत छलफल भएको थियो ।

अभिभावकहरूलाई विद्यालयप्रति नियमित रूपमा अनुगमन र आफ्ना छोराछोरीको सिकाई क्षमता, रुचिका लागि अभिभावकहरूसँग छलफल गरिएको विद्यालयका प्रधानाध्यापक नर कुमार राईले बताए । विद्यालयले सिकाइलाई प्रभावकारी र व्यवहारिक बनाउन अभिभावकहरूसँग शैक्षिक गुणस्तरको विषयमा छलफल गरेको हो ।