धरान : हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको आज मङ्गलवार भएको खेलमा मेघा भेट्रान विराटनगरले आयोजक हाम्रो धरान भेट्रानलाई १-० गोलले पराजित गरेको छ ।

खेलको २९ औँ मिनेटमा मेघा भेट्रानका जीभस कुमार मगरले १ गोल गरे । उनको गोल नै निर्धारित ६० मिनेटको खेलमा निर्णायक गोल बन्यो । खेलमा विजयी भएसँगै मेघा भेट्रान क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ दि म्याच मेघा भेट्रानका दिलीप प्रसाद बास्तोला घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

खेल अवधिभर आयोजक हाम्रो धरान भेट्रानले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्ने नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

भोली बुधवार उर्लाबारी भेट्रान र धरान भेट्रान क्लब धरान बिच हुने आयोजकले जनाएको छ ।