इटहरी :  सुनसरी बर्जु १४ का ४० वर्षीय मनोज कुमार माझीको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ ।

शुक्रवार बेलुका ०८ बजे मोरङ बुढिगंगा गोकुवा चोक राजमार्गमा को २ च २८८२ नम्बरको एम्बुलेन्सले साइकल यात्री माझीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकोमा विराट टिचिङ अस्पतालमा उपचारको क्रममा उनको पौने ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

ठक्कर दिने एम्बुलेन्स र एम्बुलेन्स चालक प्रेम राजवंशी नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।