धरान : इटहरीको क्वारेनटाइनमा बसेका तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय सुनसरीका अनुसार सङ्क्रमित ३ जना पुरुष रहेको र उनीहरू तीन जना कतार, साउदी र कुवेतबाट आएर क्वारेनटाइनमा बसेका थिए । उनीहरूको पिसिआर परीक्षण कोसी अस्पताल विराटनगरमा गरिएको थियो । यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९२ पुगेको छ ।

हिजो पनि तरहरामा होम क्वारेनटाइनमा बसेकी एक महिलामा कोरोना सङ्क्रमण भएको थियो ।