विर्तामोड : सामाजिक विकास मन्त्रालय प्रदेश नं. १, विराटनगरको आयोजना तथा पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाज कचनकवल गाउँपालिका वडा नं. २ पथरियाको समन्वयमा प्रदेश स्तरीय गन्धर्व साङ्गीतिक प्रतियोगिता तथा प्रोत्साहन कार्यक्रम झापाको कचनकवलमा सम्पन्न भएको छ ।

कचनकवल गाउँपालिका वडा नं. २ पगरिया स्थित द्रोणाचार्य स्मृति भवनमा सञ्चालित कार्यक्रम पूर्वाञ्चल गन्धर्व संस्कृति उत्थान समाजका अध्यक्ष कङ्क गन्धर्वको अध्यक्षतामा सम्पन्न भएको थियो । प्रदेश नं. १ कि राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा प्रदेश संसद् वसन्त बानिया तथा गाउँपालिका अध्यक्ष अन्जार आलम विशेष अतिथि रहनु भएको थियो ।

प्रदेश नं. १ का गन्धर्वहरूको सहभागिता रहेको कार्यक्रममा गन्धर्व गीत वाटै स्वागत गरिएको थियो भने एकल प्रस्तुतिका गन्धर्व गीतहरू प्रतिस्पर्धामा रहेका थिए । जसमा प्रथम, द्वितीय तृतीय र सान्त्वना स्थान ओगट्न सफल प्रतिस्पर्धीले क्रमशः बिस हजार र प्रमाणपत्र, पन्ध्र हजार र प्रमाणपत्र, दश हजार र प्रमाणपत्र, पाँच हजार र प्रमाणपत्र, र प्रमाणपत्र चन्द्र बहादुर गन्धर्व सान्त्वना, शिव गन्धर्व तृतीय, गोपाल गन्धर्व द्वितीय र डम्बर गन्धर्व प्रथम स्थान हासिल गरेका थिए ।

Gandarbha-program-2-jhapa

कार्यक्रममा प्रतिस्पर्धामा निर्णायकको भूमिकामा सङ्गीत कर्मी कृष्ण योञ्जन, विषालु राई र स्थानि गन्धर्व समाजकी सारङ्गी वादक रजनी गन्धर्व रहेका थिए ।
मन्त्री गजमेरले गन्धर्वहरूको संरक्षण तथा क्षमता विकासका क्षेत्रमा राज्यले विशेष योजना ल्याउनु पर्ने बताइन ।

सोही क्रममा बोल्दै मन्त्री गजमेरले गन्धर्वहरूले अव आफ्ना नानीहरूलाई सँगै गीत गाउँदै सडक बजार तथा चोक चोकमा लिएर जानुपर्ने बाध्यताको अन्त्य गर्दै सङ्गीतका पारखीहरूलाई गीत सुन्नका लागि सम्बन्धित क्षेत्रमा आउने वातावरण निर्माण गरी बालबालिका लाई सङ्गीत शिक्षा सँगै विद्यालय पठाउने कुरामा सरकारले विशेष चासो दिनुपर्ने बताइन । कार्यक्रम उपस्थित प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई शिव गन्धर्वले निर्माण गरेको सारङ्गी मायाको चिनोको रूपमा प्रदान गरिएको थियो ।