धरान : प्रदेश प्रहरी कार्यालयमा कोरोना सङ्क्रमित १९ प्रहरी मध्ये एक जना धरान १४ विजयपुर गणेश चौकको भएको खुलेको छ ।

उनी साउन २ गते धरान १४ गणेश चौकमा आफ्नो घर आई नानीको बर्थडे मनाएको र उनको पिसिआर परीक्षणको क्रममा साउन ११ गते कोरोना पोजेटिभ रिपोर्ट आएको १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

कोरोना पोजेटिभ भएका प्रहरी धरान १४ विजयपुरको गणेश चौकका भएकोले गणेश चौक बासीलाई घर बाहिर ननिस्कन र मास्क अनिवार्य लगाउन भनेर भनेको अध्यक्ष भट्टराईले बताए । कोरोना सङ्क्रमित प्रहरी गणेश चौक बासी भएको र घर आएको खुलेकोले धरान उपमहानगरपालिकाले उनको क्लोज कनट्याक्टमा रहेका र उनका परिवारको पिसिआर परीक्षण गरिने तयारी भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

थोरै भए भने एन्फा क्वारेनटाइनमा र धेरै भए गणेश चौकमै पुगेर सङ्क्रमित प्रहरीसँग क्लोज कनट्याक्टमा रहेकाहरूको स्वाब लिने प्रमुख मेहेताले बताए । गणेश चौकको प्रहरीमा कोरोना सङ्क्रमण भएको भए पनि कनट्र्याक्ट ट्रेसिङबाट यहाँको मान्छे भनेर खुले पनि अहिले सम्म कहीँ कतैबाट सुसूचित नगरिएको बताइएको छ ।

यदि गणेश चौकको बासिन्दा भएको प्रहरीमा कोरोना देखिएकोमा यस बारेमा प्रदेश सरकारले चासो बढाएर सतर्कता अपनाउन लगाउनुपर्नेमा त्यसो नगरिएकोमा स्थानीयवासीको गुनासो छ । कोरोना सङ्क्रमित प्रहरीको अहिले मोरङको गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयको कोरोना आइसोलेसन अस्पतालमा उपचाररत रहेका छन् ।

यसै गरी धरान ११ मा डेरा गरी बस्ने अर्का प्रहरीलाई पनि कोरोना सङ्क्रमण भएको छ । उनी पनि आफूमा कोरोना पोजेटिभ रिपोर्ट आउनु अघि धरान ११ को डेरामा बस्ने श्रीमती भेट्न आएको बताइएको छ ।

धरानका दुई जना प्रहरी आफू कोरोना सङ्क्रमित पुष्टि हुनु पूर्व धरान आएर आ आफ्नो परिवारसँग भेटघाट गरेको पाइएकोले भोलि धरान उपमहानगरपालिकामा बैठक बसी धरानमा पनि कोरोनाको जोखिम बढेकोले के गर्ने भन्ने बारेमा निर्णय हुने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले कपुरी न्युजलाई बताए ।