आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइदै

  • श्रावण १९, २०७७
  • ३३६ पटक पढिएको
  • सुधाकर पोख्रेल
alt

प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा,रक्षाबन्धन, ऋषितर्पणी तथा गुंपुन्हि पर्व यसपाली कोरोना कहरलाई चुनौती दिन तातो तागतिलो रोग प्रतिरोधात्मक क्षमता बढाउने "एन्टी अक्सिडेन्ट" युक्त क्वाँटी अर्थात् "पूर्ण प्रोटिन" शक्तिवर्धक पौष्टिक आहार ग्रहण गर्नुका साथै ब्रह्मसूत्र (जनै) तथा रक्षाबन्धन धारण गरि कोरोना संग जुध्न शारिरिक एवम् मानसिक रूपमा तन्दुरुस्त हुन जनैपूर्णिमा भव्यताकासाथ मनाइ रहेका छन् ।

ऋषितर्पणी, जनै पूर्णिमा, रक्षाबन्धनजस्ता विभिन्न नामले प्रचलित श्रावण शुक्लपूर्णिमाका दिन विशेष विधिले नदि तलाउमा गई कुश,अपमार्ग ,दुवो, गाईको गोबर, तुलसीको माटो ,खरानी इत्यादि शरीरमा लगाई आन्हिक सूत्रावली बाट महासंकल्प वाचनपछि देह शुद्ध गरेर ललाटमा त्रिपुण्ड धारण गरि सूर्योपस्थान गर्ने गरिन्छ। तत्पश्चात ब्रह्मसूत्र तथा रक्षाबन्धनलाई रूद्राभिषेक गरि पुरानो जनै त्यागी नयाँ अभिमन्त्रित यज्ञोपवीत धारण गरिन्छ। यसरी मन्त्रेको जनैमा ६ वटा काँचो धागो हुन्छ जसमा दुई बेग्लै बेग्लै शिखा पारिएकोहुन्छ र ती मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानयोग मानिन्छ। आजकै दिन सप्तऋषिहरु- काश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वमित्रलाई तर्पण दिने गरिन्छ त्यसैले आजको दिनलाई ऋषितर्पणी समेत भन्ने गरिएको हो।

यज्ञोपवीत धारणन्त्रः
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्रं प्रतिमुंच शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।।
यज्ञोपवीत खोल्ने मन्त्रः
एतावद्दिन पर्यन्तं ब्रह्म त्वं धारितं मया।
जीर्णत्वात्वत्परित्यागो गच्छ सूत्र यथा सुखम्।।

सत्ययुगमा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग सम्बन्धित रक्षाबन्धनलाई ब्राह्मण पुरोहितहरुले

“येन बद्धो बलिःराजा दानवेन्द्रो महाबल
तेनः त्वां प्रतिबध्नामी रक्ष माचल माचल”

भनी यजमानको नाडीमा रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको छ । यसैगरि रक्षाबन्धनमा बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाईको पुच्छरमा बेरीदिनाले पूण्य प्राप्त हुने विश्वास रहि आएको छ।

नेपालको तराईक्षेत्रमा भने रक्षाबन्धन पर्व दिदीबहिनीले दाजुभाइका दाहिने हातको नाडिमा दिर्घायू र सफलताको कामना गर्दै राखी बाँधेर मनाउने गरिन्छ । यसबाट दिदी बहिनी र दाजुभाइका बीचमा प्रेमसम्बन्ध अझ प्रगाढ हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

जनै पूर्णिमाको विशेषता "क्वाँटी" फरक फरक ९ थरिका (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गेडागुडीको मिश्रणबाट तयार पारिने गरिन्छ। नेपालभाषामा क्वातिको शाब्दिक अर्थ, 'क्वाः' भनेको तातो परिकार र 'ति' भनेको झोल हो । त्यसैले "क्वाति" भनेको झोलिलो परिकार सिद्ध हुन्छ । यसैगरि आजको दिनलाई नेपालभाषामा "गुंपुन्हि" भनिन्छ अर्थात् "गुंला महिनाको पुन्हि" भनेर नेवारी समुदायले यस पर्व मनाउने गर्छन्।

स्वादिष्ट क्वाँटी बनाउनका लागि भाडा ताते पस्चात तेल राखेर ज्वानो फुराई अनी तेजपाती र काटेको प्याजलाई रातो पारि पिसेको अदुवा लसुन पनि राखेर एकैछिन भुट्नुहोला र भिजाएको क्वाटी पनि राखी राम्रोसँग चलाई केहीबेरको भुटाई पछि बेसार, जिरा धनीयाको धुलो, खुर्सानी, ल्वाङ सुकमेल, नुन तथा गोलभेडा राखी केहि भुटिएपछि चाहिदो पानी रखेर बिर्को लगाइ ३ देखि ४ सिठ्ठी लगाउनुहोस् । अन्त्यमा बिर्को खोली माथिबाट हरियो धनीया रखी सजानुहोस् । ल हेर्नुहोस् त! हजुरको मिठ्ठो क्वाँटी खानको लागि तयार भयो ।

संस्कृत दिवस
संस्कृत भाषामा रचीत ग्रन्थमा रहेका ज्ञान प्रसारमा सहयोग पुर्याउने उद्देश्यले तेस्रो विश्व संस्कृत दिवस आज जनैपुर्णिमाको मनाइँदै छ । विगत तीन वर्षदेखि "जरो किलो प्रतिष्ठान नेपालले " प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन "विश्व संस्कृत दिवस" मनाउन थालेको हो ।

संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्ष जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved