इटहरी : एनएमबी लघुवित्तले १३औँ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरी जिल्लाको रामधुनी नगरपालिका ३ स्थित पञ्चायत माध्यमिक विद्यालयलाई एक थान रङ्गिन प्रिन्टर सहयोग गरेको छ।
प्रादेशिक कार्यालय इटहरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमार्फत विद्यालयलाई रङ्गिन प्रिन्टर हस्तान्तरण गरिएको हो। समुदायसँग सहकार्य गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यालयलाई आवश्यक सामग्री सहयोग गरिएको जनाइएको छ।
संस्थाले यस्ता कार्यक्रममार्फत स्थानीय समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै समाजप्रति आफ्नो उत्तरदायी भूमिकालाई थप प्रभावकारी बनाउने विश्वास लिएको जनाएको छ।
एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय पोखरा ८ न्यूरोड, कास्की रहेको छ। संस्थाको स्थापना दिवसको अवसरमा प्रादेशिक कार्यालय इटहरीमार्फत सुनसरी जिल्लाको रामधुनी नगरपालिका ३ स्थित पञ्चायत माध्यमिक विद्यालयलाई एक थान रङ्गिन प्रिन्टर सहयोग गरिएको संस्थाका प्रदेश प्रमुख सुरेश कार्कीले जानकारी दिए।
प्रिन्टर हस्तान्तरण कार्यक्रममा संस्थाका प्रदेश प्रमुख सुरेश कार्की, क्षेत्रीय प्रमुख तीर्थराज राई, लबीपुर शाखा प्रमुख धिरज कुमार झा, पुष्पलालचोक शाखा प्रमुख लालचन चौधरी, औराबनी शाखा प्रमुख मोहम्मद अफताब साथै संस्थाका कर्मचारीहरू रमेश खड्का, बिर्जेश कुमार माझी र महिमा चौधरीको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका सम्पूर्ण कर्मचारी, प्रधानाध्यापक दीप नारायण चौधरी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव नारायण चौधरीको रोहवरमा आइतबार एक थान रङ्गिन प्रिन्टर हस्तान्तरण गरिएको प्रदेश प्रमुख सुरेश कार्कीले जानकारी दिए।