इटहरी : तेस्रो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कृष्णप्रसाद भट्टराई स्मृतिमा गोल्डकप सुरु भएको छ । शनिवार इटहरीको जनता बहुमुखी क्याम्पसको खेलमैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा केराबारी फुटबल क्लबले विजयी सुरुवात गरेको हो । 
झापाको जलथल फुटबल क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै केराबारीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । केराबारीको लागि ओशन राई, भुवन बस्नेत र अनिल परियारले गोल गरे । उत्कृष्ट प्रदर्शन गरेका केराबारीका ओशन राई खेलको प्लेयर अफ द म्याच घोषित भए । उनले ५ हजार ५ सय रुपैयाँ नगद र मेडल प्राप्त गरे ।
आइतबारको दोस्रो क्वाटर फाइनल खेल बसाहा क्लब उदयपुर र न्युस्टार क्लब बराहक्षेत्र सुनसरी बिच प्रतिस्पर्धा हुने आयोजक द योङ ब्रदर्श क्लबले जनाएको छ ।
आगामी चैत ७ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीय सहित ८ टिम सहभागी छन् । 
प्रतियोगिताको विजेताले चार लाख चार हजार र उपविजेताले दुई लाख दुई हजार दुई सय प्राप्त गर्नेछन् ।