पथरी  : मोरङ प्रहरीले जुवा खेलिरहेको अवस्थामा मंगलबार मोरङको रतुवामाइ-७ जामबाडिबाट १२ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले सूचनाका आधारमा १२ जना सहित उनीहरूको साथमा रहेको तास, १४ हजार २ सय सत्तरी नेपाली नगद ६ सय मलेसियन रिङेट सहित ३ वटा मोटर साइकल समेत नियन्त्रणमा लिइएको छ ।

पक्राउ पर्नेमा सोही ठाउका गोपाल कटुवाल,गणेश कार्की , दिनेश बस्नेत, नरेन्द्र रिजाल, गणेश गौतम, नन्दराज फुयाँल, फणीन्द्र बुढाथोकी, झंकराज कोइराला, रामभक्त भट्टराई ,सन्तोष रिजाल,राम कार्की, मनोज उप्रेती रहेका छन् भने उनीहरूले प्रयोग गरेको को ३२ प ५१९२, को ३५ प ६१८६ र को २२ प ९३७९ नं. को मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।