धरान : धरानमा रहेको 'कृषि उपज बजार स्थल' यस वर्ष पनि देशकै उत्कृष्ट बजारको रुपमा पुरस्कृत भएको छ ।

प्रत्येक वर्ष विश्व खाद्य दिवस अक्टोबर १६ अवसरमा गरिने कार्यक्रममा देश भरीका १० वटा कृषि उपज बजार स्थलहरूको प्रतिस्प्रर्धामा यस पटक सातौँ पटक पनि प्रथम स्थान हासिल गरी देशकै उत्कृष्ट कृषि उपज बजार स्थलको रुपमा पुरस्कृत भएको हो ।

प्रत्येक वर्ष सङ्घीय कृषि मन्त्रालयबाट विश्व खाद्य दिवस (अक्टोबर-१६) का अवसरमा नेपालभरीका कृषि थोक बजार मध्ये उत्कृष्ट बजारको रूपमा यो पुरस्कार वितरण गरिन्छ ।

यसै अवसरमा यस पटक फेरी पनि सातौँ पटक धरानको कृषि उपज बजार स्थलले देशभरिकै प्रथम भई उत्कृष्ट पुरस्कार पाउन सफल भएको कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिएका छन् ।

यस भन्दा अघि वि.सं. २०६१, २०६३, २०६८, २०७२, २०७५, २०७६ र यो वर्ष २०७७ सहित सातौँ पटक पनि देशभरिको कृषि उपज बजार स्थलहरू मध्ये प्रथम स्थल हासिल गरी देशकै उत्कृष्ट कृषि उपज बजार स्थलको रुपमा पुरस्कृत भएको हो ।

Krishi-pramanpatra