धरान : नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ ।

शनिवार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मट्टितेलमा दुई रुपैयाँले मूल्य बढाएको छ ।

नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जनाएको छ ।

स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।