इटहरी : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङलाई बर्खास्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । कोशी प्रदेशमा नयाँ सरकार गठन विरुद्ध बिहीबार कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको हो ।

रिट निवेदनमा अन्तरिम आदेश मार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गरिएको छ । कायममुकायम मुख्यमन्त्री घोषणा नगरी असंवैधानिक तवरले नयाँ सरकार गठन गरिएको बताइएको छ ।

आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका कार्कीले नयाँ सरकारको प्रक्रिया खारेजी गर्न माग गरेका छन् । 

यता प्रदेश प्रमुखले कोशी प्रदेशको नयाँ मुख्यमन्त्रीमा एमालेका हिक्मतकुमार कार्की नियुक्त गरिसकेका छन् । बिहीबार नै शपथ ग्रहण गर्ने तयारी गराउने कार्कीको ५ बजे शपथ तोकिएको छ ।