इटहरी : कोशी प्रदेशको आठौँ मुख्यमन्त्रीमा हिक्मत कुमार कार्की नियुक्त भएका छ । संविधानको धारा १६८ को ५ अनुसार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कोशी प्रदेशका ५२ जना सांसदको समर्थनमा कार्की मुख्यमन्त्री चयन भएका छन् । एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री बनाउन माग गर्दै एमालेका ३९ र माओवादीका १३ सांसदले प्रदेश प्रमुख समक्ष ससशिर उपस्थित भएर हस्ताक्षर गरेका थिए । सांसदहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय पत्र सहित सनाखतका लागि प्रदेश प्रमुख कार्यालयमा बोलाइएको थियो ।

मुख्यमन्त्री नियुक्त भएका कार्कीले आजै शपथ ग्रहण गर्ने भएका छन् ।