इटहरी : कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले नयाँ सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १८८ को उपधारा २ अनुसार विश्वासको मत नलिएपछि धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

नेकपा एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदको समर्थन सहित बिहीबार दिउँसो ११ बजे हिक्मत कुमार कार्कीले मुख्यमन्त्री दाबी गर्ने भएका छन् । आजै मुख्यमन्त्री दाबी सँगै माओवादी र एमालेले बहुमत सांसदको भौतिक उपस्थितमा सनाखत गराउने तयारी गरेको छन् ।

एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने अडान राख्दै आएका थिए । मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले असंवैधानिक कदम चालेको भन्दै सर्वोच्च अदालत जाने बताएका छन् ।

उता प्रदेश प्रमुखले सनाखत गरेर बिहीबार नै नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई नियुक्ति गरी शपथ गराउने तयारी थालेका छन् ।

sarkar-koshi