धरान : मोरङको रङ्गेली नगरपालिका-९ स्थित दोहमनाबाट नेपाली नक्कली नोट सहित एक जना महिलालाई रङ्गेली प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार दिउँसो सुनवर्सी नगरपालिका-५ टकुवा बस्ने ४० बर्षिया कुरेसा खातुनलाई पक्राउ गरेको हो।
प्रहरीले महिलाको साथबाट ५ सय दरका का १८ थान नक्कली नोट बरामद गरेको थियो ।
दोहमना बजारमा नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
नक्कली नोट कारोबार र महिला माथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले जानकारी दिएका छन्।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































