इटहरी : इटहरी उपमहानगरपालिकाद्धारा इटहरी १७ को विपन्न वस्तिका १ सय जनालाई जाडोमा न्यानो कम्बल वितरण गरिएको छ ।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा र वडा नम्बर १७ का वडाध्यक्ष भगवानलाल साहुले कम्बल वितरण गरेका हुन् । जाडोले सताएको वेला कम्बल वितरण गरेकोमा सर्वसाधारणले उपमहानगरलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Kambal-Bitaran-3

जाडोबाट प्रभावित अरू वडाको विपन्न वस्तिमा पनि कम्बल वितरण गरिने वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरीले जानकारी दिए ।

विगत केही दिन देखि बढेको जाडोले सर्वसाधारणको जनजीवन कष्टकर वनेको छ । जाडो वाट बच्न आगो बाल्नका लागि उपमहानगरले चौक आसपास तथा विपन्न वस्तिहरूमा दाउरा समेत वितरण गरेको छ ।

Kambal-Bitaran-1