झापा : झापाका दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र अरू लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सिजुवा नगरपालिका २ का २१ वर्षीय कनैया गनगाई र २० वर्षीय राज कुमार गनगाईलाई ३६ ग्राम नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित हिजो साँझ ६ बजे दमक नगरपालिका ८ बाट पक्राउ गरेको हो ।

यसै गरी लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मोरङको उर्लाबारी नगरपालिका २ का ३१ वर्षीय सुजन परियारलाई १० एम्पुल लुपिजेसिक, १० एम्पुल फेनारागन र १० एम्पुल डाइजेपाम सहित मेचीनगर नगरपालिका ६ बाट पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका तिनै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।