मोरङ : मोरङको बेलबारी नगरपालिकाले छोरी बुहारीलाई लक्षित गरेर लोकसेवाको तयारी कक्षा सञ्चालन गरेको छ ।

५० जना छोरी बुहारीहरूलाई १ महिना सम्म कक्षा सञ्चालन गरेर पढाउने नगरपालिकाको कार्यालयले जनाएको छ ।

महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले लोक सेवा कक्षा सञ्चालन गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । ५० जनाको सङ्ख्यामा आवेदन खुलाएर कक्षा सञ्चालन भए पनि त्यो भन्दा बढी सहभागी भएका छन् । गत वर्ष समेत नगरपालिकाले कक्षा सञ्चालन गरेको थियो ।

न्यूभिजन इटहरीको प्राविधिक सहयोगमा लोकसेवाको कक्षा सञ्चालन गरिएको हो ।

लोकसेवाको तयारी कक्षा सञ्चालन गरिरहेका बिद्यार्थीहरुलाई ठुलो सहयोग पुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप शाहले बताए । आत्मनिर्भर हुने र निजामती क्षेत्रमा महिलाको उपस्थिति बढ्ने विश्वास समेत गरिएको छ ।