धरान : केही दिन यता देखि मौसम खुलेको छ । मौसम खुलेसँगै भेडेटार पुग्ने जो कोहीलाई भेडेटारबाट देखिने सुन्दर दृश्यले एक पटक सबैलाई आहा भन्ने बनाउँछ । 

यति बेला बिदाको दिन अनि शनिवार र मंगलबार भेडेटारमा रहेको पाथीभरा मन्दिरमा पूजा गर्न आउने भक्तजनहरूको घुइँचो लाग्न थालेको छ ।

Bhedetar-12

पाथीभरा मन्दिर क्षेत्रबाट पूर्वका विभिन्न हिमशृङ्खलाहरू देखिनुको साथै नजिकै रहेको सागुरीगढी, देबीथान गाउँ, भेडेटार धरानको नागबेली सडकले अहिले भेडेटार पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउने गर्दछ । 

कोरोना महामारी पछि पछिल्लो समय भेडेटारमा यति बेला पूर्वका विभिन्न क्षेत्रबाट घुम्न आउनेहरूको भिडभाड पनि बढेको छ । 

Bhedetar-1 Bhedetar-2 Bhedetar-4 Bhedetar-5 Bhedetar-6 Bhedetar-7 Bhedetar-10 Bhedetar-9 Bhedetar-12 Bhedetar-8 Bhedetar-14 Bhedetar-15 Bhedetar-11 Bhedetar-3